विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला
बुधबार, ०३ पुस २०८१, १२ : ०२
काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल भाइरल प्लानिङ बस्ने काभ्रे चौरी देउराली गाउँपालिका–६ घर भएका ३२ वर्षीय निमा तामाङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै काठमाडौँ महानगरपालिका–२५ बाङ्गेमुढा डेरा गरी बस्ने ४५ वर्षीया पुनम गुरुङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
यता बाराको फेटा गाउँपालिका–२ जगतपुर डेरा गरी बस्ने भारत बिहार घर भएका ५० वर्षीय संजिब कुमार झा आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
सप्तरीको राजगढ गाउँपालिका-२ बनिनियास्थित कुलोमा भारत दरभंगा ग्राम पंचायत सयामपुर बस्ने ५५ वर्षीय श्रीकान्त लाल देव मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के अहिलेको ‘ले ब्लु’ इतिहासकै उत्कृष्ट टोली हो?
-
मैना सुनुवार हत्या प्रकरण मुद्दाको निर्णय सुनाउने (निसु) का लागि आज पेसी तोकियो
-
इरानले बनायो ट्रम्पको हत्या योजना
-
नासिँदै रुख, खुम्चिँदै कागको संसार : नैकापको गुँडबाट देखिएको एउटा चित्र
-
मनसुनसँगै बढ्दो ज्वरो
-
क्रिमिया नजिक रुसी जहाजहरूमा युक्रेनी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण