रोहितलाई पछि पार्दै पहिलो स्थानमा उक्लिए रवि
काठमाडौँ । चितवन राइनोजका प्रभावशाली ब्याट्सम्यान रवि बोपारा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा पहिलो स्थानमा उक्लिएका छन् ।
इङ्ल्यान्डका अनुभवी ब्याट्सम्यान बोपारा बुधबार खेलिएको कर्णाली याक्सविरुद्धको ‘एलिमिनेटर’ खेलपछि सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पहिलो स्थानमा उक्लिएका हुन् ।
कर्णाली याक्सविरुद्ध उनले अर्धशतक पनि बनाए । उनी जारी एनपीएलमा तीनवटा अर्धशतक बनाउने एकमात्र खेलाडी पनि हुन् । यद्यपि, बोपाराको टोली चितवन राइनोज उपाधि होडबाट बाहिरिएको छ ।
बोपरा लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेललाई पछि पार्दै सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पहिलो स्थानमा उक्लिएका हुन् । रोहितको टोली पनि यसअघि उपाधि होडबाट बाहिरिएको छ ।
जारी एनपीएलमा आठ खेल खेलेका बोपाराले बनाएको कुल रन दुई सय ८६ पुगेको छ । यो सूचीमा दोस्रो स्थानमा रहेका रोहितले भने सात खेल खेल्दै कुल दुई सय ७९ रन बनाएका छन् ।
सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा पोखरा एभेन्जर्सका आन्द्रेस गौस तेस्रो स्थानमा छन् । उनले ६ खेल खेल्दै कुल दुई सय २४ रन बनाएका छन् ।
पोखरा एभेन्जर्स पनि यसअघि नै उपाधि होडबाट बाहिरिएको छ । चौथो स्थानमा रहेका चितवन राइनोजका कप्तान कुशल मल्लले आठ खेल खेल्दै कुल दुई सय २३ रन बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण