चितवन राइनोजका रवि बोपारा तीनवटा अर्धशतक बनाउने पहिलो खेलाडी
काठमाडौँ । ‘एलिमिनेटर’ खेलमा पराजित हुँदै चितवन राइनोज उपाधि होडबाट बाहिरिए पनि टोलीका प्रभावशाली ब्याट्सम्यान रवि बोपारा भने जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा तीनवटा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।
इङ्ल्यान्डका अनुभवी ब्याट्सम्यान बोपाराले बुधबार कर्णाली याक्सविरुद्धको ‘एलिमिनेटर’ खेलमा पनि अर्धशतक बनाए । उनले केवल ३४ बलको सामना गरी चार छक्का र तीन चौकाको मद्दतले ५३ रन बनाए ।
यो अर्धशतकसँगै उनी जारी एनपीएलमा तीनवटा अर्धशतक बनाउने पहिलो खेलाडी पनि बनेका हुन् । उनको पछिल्लो अर्धशतक जारी एनपीएलमा बनेको यो २५औँ अर्धशतक पनि हो । बोपाराले यसअघि पोखरा एभेन्जर्सविरुद्धको खेलमा पहिलो अर्धशतक बनाएका थिए । त्यो खेलमा उनले ३८ बलको सामना गरी तीन छक्का र तीन चौकाको मद्दतले ५१ रन बनाएका थिए ।
३९ वर्षीय बोपाराले आफ्नो दोस्रो अर्धशतक भने कर्णाली याक्सविरुद्धको खेलमा बनाएका थिए । त्यो खेलमा उनले टोलीका लागि अविजित ५९ रनको योगदान गरेका थिए । यस क्रममा उनले ४० बलको सामना गरी एक छक्का र सात चौका हिर्काएका थिए ।
जारी एनपीएलमा हालसम्म दुईजना ब्याट्सम्यानले दुईवटा अर्धशतक बनाएका छन् । दुईवटा अर्धशतक बनाउने खेलाडी चितवन राइनोजका लुम्बिनी लायसन्सका कप्तान रोहित कुमार पौडेल र कर्णाली याक्सका विलियम बोसिस्टो हुन् ।
‘एलिमिनेटर’ खेलमा सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्ससँग २१ रनले पराजित भएपछि कुशल मल्लाको कप्तानीमा रहेको चितवन राइनोज उपाधि होडबाट बाहिरिएको हो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७५ रन बनाएको थियो । जवाफमा चितवन राइनोजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय एक सय ५४ रनमात्र बनाउन सक्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण