सुनको गहनामा जर्तीको नाममा रकम असुल्ने कार्य बन्द गर्न आग्रह
काठमाडौँ । पछिल्लो समय केही व्यवसायीले सुनको गहना बिक्रीमा जर्तीको नाममा ग्राहकसँग रकम असुल नगर्ने घोषणा गरिरहेको बेला कैयन सुनचाँदी व्यवसायीले भने अझै पनि यसलाई निरन्तरता दिइरहेका छन् ।
यसरी जर्तीको नाममा रकम असुलिँदा उपभोक्तालाई अतिरिक्त भार र राज्यले पनि राजश्व नपाउने अवस्था रहेको सरोकारवालाको भनाइ छ ।
जर्तीको नाममा रकम असुल्ने कार्य परम्परागत भएको रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक नरेन्द्र कुमार गुप्ता बताउँछन् । उनले गहनामा जति रकम लिनुपर्ने हो लिने हो ज्यालाकै रूपमा मात्रै पारदर्शी रूपमा ग्राहकबाट लिनुपर्ने धारणा राखे । तर, जर्तीको नाममा अपारदर्शी ढंगले ग्राहकबाट अतिरिक्त असुल गरिनु गलत भएको उनको भनाइ छ ।
गुप्ताकै अगुवाइमा पछिल्लो समय सुनको गहना निर्माणमा जर्ती नलाग्ने र निश्चित रकम ज्यालाको रूपमा मात्रै लिनुपर्ने अभियान चलिरहेको छ । यो अभियानलाई पछ्याएर केही व्यवसायीले जर्ती नलिने घोषणा गरेपनि सुनचाँदीसँग सम्बन्धित संघ तथा महासंघकै संरक्षणमा जर्तीको नाममा रकम असुल्ने काम भइरहेको एक व्यवसायीले बताए ।
ती व्ययवासीले जर्तीको रूपमा ग्राहकबाट व्यापारीले रकम असुले पनि त्यस बापतको कर भने राज्यलाई दाखिला नगर्ने प्रवृत्ति रहेको बताए ।
उनले भने, ‘जर्तीको नाममा राजश्व ठगी भइरहेको छ । अब वैज्ञानिक सिस्टम आइसकेकाले परम्परागत जर्ती सिस्टम खारेज गरिनुपर्छ ।’
उनले राज्यले नै यस सम्बन्धमा स्पष्ट कार्यविधि निर्माण गर्नुपर्नेमा जोड दिए । अब पनि राज्यले यसमा ध्यान नदिनु भनेको सुन व्यापारीलाई राज्यले जर्तीको नाममा ठग्नका लागि खुलेआम छाडिदिए सरह हुने गुप्ताले समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण