माधवसँग भेट्दै बामदेव, छलफलपछि निर्णय लिने
काठमाडौँ । कम्युनिस्ट नेता बामदेव गौतम नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेर मात्रै उक्त पार्टीमा जाने नजानेबारे निर्णय गर्ने भएका छन् । ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक समेत रहेका गौतम र अध्यक्ष नेपालबिच बिहीबार भेटवार्ता गर्ने निधो भएको गौतम निकट डीबी कार्कीले बताएका छन् ।
मङ्गलवार बसेको नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठकले एमालेका पूर्वउपाध्यक्ष रहिसकेका गौतमलाई पार्टीमा भित्र्याउने निर्णय गरेको थियो । एकीकृत समाजवादीको उक्त निर्णय सार्वजनिक भएलगत्तै गौतमले आफू एकीकृत समाजवादीमा बुहारी भित्रिएझैँ नभित्रिने प्रतिक्रिया दिएका थिए ।
गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानका नेता समेत रहेका डीबी कार्कीले बिहीबार हुने नेपाल गौतम भेटपछि निर्णयमा पुग्ने बताए । उनले नेकपा एकीकृत समाजवादी र एमालेसँग बराबर छलफल र संवाद भइरहेको भन्दै यसै गर्ने भनेर निर्णय भैनसकेको बताए ।
यसअघि कार्कीले एमाले महासचिव शङ्कर पोखरेलसँग भेटेर एकताको आह्वानसहित निर्णय गरिदिन माग गरे पनि एमालेले पार्टी एकता नभई व्यक्ति व्यक्ति प्रवेशको मात्र बाटो खोलेको बताए । तर पछिल्लो समय नेकपा एकीकृत समाजवादीले पार्टी एकता गर्ने निर्णय गरे पनि निर्णय हेरिनसकेको कार्कीको भनाइ छ ।
‘एकीकृत समाजवादीले पार्टी एकताबारे निर्णय के गरेको छ हेरेको छैन । तर निर्णय गरेको छ भनिएको छ’,कार्कीले भने, ‘भोली छलफलका क्रममा सबै कुरा थाहा होला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण