५.६० अंकले घट्यो सेयर बजार, ४ अर्ब २७ करोडको कारोबार

काठमाडौँ । बुधबार सेयर बजार परिसूचक (नेप्से) ५.६० अंकले घटेको छ । २६३४ बिन्दुबाट सुरु भएको बजार २० मिनेटपछि बुधबारको उच्च अंक २४५६ बिन्दुमा उक्लिएको थियो ।
त्यसपछि उतारचढाव भएर परिसूचक २६२८ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
समग्रमा बजार घटे पनि बुधबार ८१ कम्पनीको सेयर मूल्य बढ्यो । सपोर्ट माइक्रोफाइनान्स र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट नै लाग्यो । त्यसैगरी मानुषी लघुवित्त र सिकलेस हाइड्रोपावरको सेयर मूल्य ८ प्रतिशतले बढेको छ ।
बुधबार १४९ कम्पनीको मूल्य घट्यो । कुथेली बुखरीको झण्डै १० प्रतिशतले मूल्य बट्दा डोल्टी पावर कम्पनीको मूल्य ५.३३ प्रतिशतले घट्यो ।
कारोबार रकमका हिसाबले बुधबार जानकी फाइनान्स शीर्षमा रह्यो । यसको १५ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार समग्र बजारमा ४ अर्ब २७ करोड ८२ हजारको कारोबार भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
द्वन्द्वग्रस्त देशबाट नेपालीको उद्धार गर्न सरकार तयारी अवस्थामा छ : श्रममन्त्री भण्डारी
-
राष्ट्रिय महिला फुटबल टोलीको घोषणा, प्रतिक्षा पहिलो पटक टिममा
-
वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौमा हुने
-
युट्युबमा रेखाले सुरु गरिन् कार्यक्रम ‘दोस्रो अध्याय’
-
जसपा सङ्घीय परिषद्को बैठक सुरु
-
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले असार १५ गतेदेखि १० वटा सेवा अनलाइनमार्फत दिने