चार महिनामा प्रहरीको १४ वटा कार्यालय भवन तयार, ४२१ कार्यालय ‘आश्रित’
बुधबार, ०३ पुस २०८१, १६ : २५

काठमाडौँ । पछिल्लो ४ महिनामा नेपाल प्रहरीको १४ वटा कार्यालय भवन तयार भएको छ । निर्माणाधिन अवस्थामा रहेका भवन २०८१ साउनदेखि कार्तिक सम्मको अवधिमा बनेका हुन् ।
चालु आर्थिक वर्षको चार महिनामा दुईवटा कार्यालय प्रमुख निवास, १५ ब्यारेक र १४ वटा मेश तयार भएका छन् । तर, ४२१ वटा प्र्रहरी युनिटहरुले अन्य निकायको भवनमा आश्रित भएर कार्यालय सञ्चालन गरिरहेको प्रहरी प्रवक्ता (एसएसपी) विश्व अधिकारीले पत्रकार सम्मेलन गरेर जानकारी दिए ।
प्रहरीको ३७० युनिट भाडाको घरमा सञ्चालित छन् । १ हजार ८६९ युनिटको आफ्नो कार्यालय रहेको एसएसपी अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद गिरीद्वारा एनआरएन नागरिकता कार्यान्वयन गर्न माग
-
करणको दोस्ताना–२ बाट निकालिए कार्तिक
-
जगदुल्लाह हाइड्रोपावर ठेक्काबारे छानबिन गर्नुपर्छ : माओवादी
-
ब्राजिलमा पहिलो पटक व्यक्तिलाई लैंगिक रुपमा तटस्थ घोषित
-
भारत–पाकिस्तान तनाव : अमृतसर विमानस्थल बन्द, विद्यालयहरू पनि बन्द
-
अमेरिकाले अहिलेसम्म पठाएन पत्र, के होला एमसीसी परियोजना ?