आमा बनिन् अभिनेत्री नन्दिता केसी
काठमाडौंँ । अभिनेत्री नन्दिता केसी आमा बनेकी छन् । उनले पहिलो सन्तानको रुपमा बुधबार छोरालाई जन्म दिएकी हुन् । जसको जानकारी उनले सामाजिक सञ्जालमार्फत दिएकी छन् ।
गत वर्ष डा.अरविन्द्र कटवालसँग विवाह बन्धनमा बाँधिएकी उनलाई अभिनेत्री श्वेता खड्का, यूना उप्रेती, उषा पौडेल लगायतका कलाकारहरुले बधाई दिएका छन् । लामो समयदेखि अमेरिकामा बस्दै आइरहेकी नन्दिताले गत भदौमा बेबी बम्पसहितको तस्बिर सार्वजनिक गर्दै आफू आमा बन्न लागेको जानकारी गराएकी थिइन् ।
उनको विवाह गत वर्ष फागुन १९ गते काठमाडौँमा भएको थियो । विवाह अगाडि उनले क्यानडाको एक पार्कमा इन्गेजमेन्ट गरेकी थिइन् । फिल्म ‘इन्द्रेणी’बाट अभिनयमा डेब्यु गरेकी उनको पछिल्लो रिलिज फिल्म ‘जंगबहादुरको कोट’ हो ।
उनले ‘हामी तीन भाई’, ‘बाटो मुनीको फूल’, ‘बसमा छैन यो मन’, ‘त्रिशुल’, ‘मृगतृष्णा’, ‘सपना’, ‘तिमी मात्र तिमी’ लगायतका फिल्म अभिनय गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण