बलात्कारमा संलग्न एक सैनिकसहित पाँच जनालाई जेल सजाय
गुल्मी– केहि महिनाअघि गुल्मीको पौदीअमराईमा मानसिक सन्तुलन बिग्रेकी एक महिलालाई सामुहिक बलात्कार गर्ने एक सैनिक जवानसहित पाँच जनालाई जिल्ला अदालत गुल्मीले १० वर्ष सम्मको जेल सजाय फैसला गरेको छ ।
२०७४ साल असोज १५ गते राती मुसिकोट नगरपालिका वडा नम्बर १, पौदीअमराईको थामडाँडामा अन्दाजी ३५ वर्षीय महिलालाई सामुहिक बलात्कार गरेको आशंकामा १६ गते पौंदीअमराई प्रहरी चौकीको पट्रोलिङ्ग टोली महिलालाई फेला पारेको थियो ।
महिलालाई मुसिकोट नगरपालिका वडा नम्वर १, पौदीअमराईका १८ वर्षीय बुद्ध नेपाली, सोही स्थानका १६ वर्षीय सुरेश नेपाली, वर्ष १६ का रेशम नेपाली, वर्ष २४ का ध्रुव थापा र वर्ष १८ का हरिबहादुर खत्रीसहित पाँच जनाले सामुहिक बलात्कार गरेको पाएपछि त्यसको अर्को दिन उनीहरुलाई पक्राउ गरेको थियो ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले उनीहरुबिरुद्ध सामुहिक रुपमा जबरजस्ती करणीको मुद्धा अदालतमा दायर गरेको थियो मुद्धामा न्यायधिश रामप्रसाद न्यौपानेको ईजलासले उनीहरुलाई कैद सजायको फैसला गरेको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार पाँचमध्ये चार जनालाई मुलुकी ऐन जबरजस्ती करणीको महल–१ नम्बर विपरित महल–३ को देहाए–५ नम्बर वमोजिम कशुर गरेको देखिदा ऐ.महलको ३ को दाहाय ५
नम्बर वमोजिम ५ वर्ष र सोही महलको ३ क बमोजिम थप ५ वर्ष गरी १० वर्ष कैद सजाय र जनही २५ हजार जरीवानाको फैसला छ । त्यस्तै रेशम नेपाली नाबालक देखिएकोले त्यसको आधा सजायको फैसला भएको जिल्ला प्रहरी कार्यालय मुद्धा फाँटका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए । बलात्कार अभियोगी पाँच जनामध्ये ध्रूर्व थापा नेपाली सेनाका रिगरुट जवान थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काजाकिस्तानको अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ को पाँचौँ खण्ड प्रवर्द्धन कार्यक्रम
-
सहयोद्धालाई पत्र : ती दिन अझै बिर्सिएको छैन
-
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बुझाए सम्पत्ति विवरण
-
सेवा निवृत्त र बहालवाला न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
धामीसहितका विद्यार्थी नेता विनासर्त रिहा गर्न एमालेको माग
-
सुकुमबासी बस्ती विस्थापन र पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण