नौबिसे–मुग्लिङ सडक आंशिक बन्द हुने
बिहीबार, ०४ पुस २०८१, २० : २४
काठमाडौँ । पृथ्वी राजमार्ग (नौबिसे–मुग्लिङ) सडक खण्ड आंशिक बन्द हुने भएको छ । जिल्ला सुरक्षा समिति धादिङले मंसिर ७ देखि १३ गतेसम्म नौबिसे–मुग्लिङ सडक आंशिक बन्द गर्ने निर्णय गरेको हो ।
सूचनामा भनिएको छ,‘पृथ्वी राजमार्गको नौबिसे–मुग्लिङ खण्डको पोखरेभीर (कि.मि. ३३ं३००) र विशालटार (कि.मि. ५२ं५००) मा चट्टान काटी मोड सुधार गर्नुपर्ने भएकाले जिल्ला सुरक्षा समिति धादिङको मिति २०८१/०९/०३ को निर्णयअनुसार उपरोक्त स्थानहरूमा यही मिति २०८१/०९/०७ देखि २०८१/०९/१३ सम्म दिउँसो ११ बजेदेखि २ बजेसम्म यातायात सवारीसाधनहरू आंशिक रूपमा रोकी निर्माण कार्य गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ ।’
एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन निर्बाध रूपमा सञ्चालन हुने जानकारी गराइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण