नौबिसे–मुग्लिङ सडक आंशिक बन्द हुने
बिहीबार, ०४ पुस २०८१, २० : २४

काठमाडौँ । पृथ्वी राजमार्ग (नौबिसे–मुग्लिङ) सडक खण्ड आंशिक बन्द हुने भएको छ । जिल्ला सुरक्षा समिति धादिङले मंसिर ७ देखि १३ गतेसम्म नौबिसे–मुग्लिङ सडक आंशिक बन्द गर्ने निर्णय गरेको हो ।
सूचनामा भनिएको छ,‘पृथ्वी राजमार्गको नौबिसे–मुग्लिङ खण्डको पोखरेभीर (कि.मि. ३३ं३००) र विशालटार (कि.मि. ५२ं५००) मा चट्टान काटी मोड सुधार गर्नुपर्ने भएकाले जिल्ला सुरक्षा समिति धादिङको मिति २०८१/०९/०३ को निर्णयअनुसार उपरोक्त स्थानहरूमा यही मिति २०८१/०९/०७ देखि २०८१/०९/१३ सम्म दिउँसो ११ बजेदेखि २ बजेसम्म यातायात सवारीसाधनहरू आंशिक रूपमा रोकी निर्माण कार्य गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ ।’
एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन निर्बाध रूपमा सञ्चालन हुने जानकारी गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य जिम्मेवारीबाट पन्छिँदा कालोसूचीमा पर्नेहरू बढे
-
कांग्रेस सभापति देउवा किन जाँदै छन् थाइल्यान्ड ?
-
‘आचरणसम्बन्धी व्यवस्था उल्लंघन नगरे कालोसूचीमा परिँदैन’
-
चिनियाँ कम्युनिस्ट पार्टी बदल्ने राष्ट्रपति सीका ८ नियमबारे नेपालमा चर्चा
-
संयुक्त जनआन्दोलन समितिले ७७ वटै जिल्लामा सङ्गठन विस्तार गर्ने
-
बाँकेको कोहलपुरमा फेन्सी पसलमा आगलागी