उत्तर कोरियाका ह्याकरहरूले चोरे १ अर्ब ३० करोड डलरको क्रिप्टो
न्यूयोर्क । यस वर्ष विश्वभरमा २ अर्ब २० करोड डलर मूल्य बराबरको क्रिप्टोकरेन्सी चोरी भएको छ । यसमध्ये आधाभन्दा धेरै रकम उत्तर कोरियाली ह्याकहरूले चोरेको नयाँ अध्ययनले देखाएको छ ।
अनुसन्धान संस्था चेनालिसिसका अनुसार उत्तर कोरियासँग सम्बद्ध ह्याकरहरूले विश्वभरबाट १ अर्ब ३० करोड डलर मूल्य पर्ने क्रिप्टोकरेन्सी चोरेका छन् ।
यो गत वर्ष उनीहरूले चोरेको क्रिप्टोको तुलनामा दोब्बर भन्दा बढी हो । यीमध्ये केही चोरी क्रिप्टो र र अन्य प्रविधि कम्पनीहरुको सामु उत्तर कोरियाली ह्याकरहरूले रिमोट आईटी वर्कर बनेका गरेको प्रतिवेदनमा भनिएको छ ।
यो वर्ष बिट्क्वाइनको भाउ दोब्बर बनेकै समयमा यो खबर आएको हो । अमेरिकामा नोभेम्बर ५ मा भएको राष्ट्रपतिको निर्वाचनमा पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले जित हात पारेयता क्रिप्टो बजार हरियालीमा छ ।
बाहिरिँदै गरेका अमेरिकी राष्ट्रपति जो बाइडेनको तुलनामा ट्रम्प बढी नै क्रिप्टो–मैत्री हुने आशामा बिटक्वाइनको भाउ आकाशिरहेको छ । भाउमा भएको वृद्धिसँगै यस वर्ष ह्याकरहरूले चोरेको क्रिप्टोको मूल्य पनि गत वर्षको तुलनामा २१ प्रतिशत माथि पुगेको छ । तर सन् २०२१ र सन् २०२२ को तुलनामा भने यो रकम कम नै भएको प्रतिवेदनमा बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण