बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
यू–१९ महिला टी–२० एसिया कप

महत्वपूर्ण खेलमा नेपालको ब्याटिङ चलेन, बंगलादेशलाई ५५ रनको लक्ष्य

शुक्रबार, ०५ पुस २०८१, १४ : ४४
शुक्रबार, ०५ पुस २०८१

काठमाडौँ । नेपालले मलेसियामा जारी एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिताको ‘सुपर–४’ चरणको आफ्नो दोस्रो खेलमा बंगलादेशलाई जितका लागि ५५ रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित ११ ओभरमा आठ विकेट गुमाएर ५४ रनमात्र बनाउन सक्यो ।

वर्षाका कारण खेल निर्धारित समयभन्दा निकै ढिलो सुरु भएको थियो । यो खेलमा विजयी भए नेपाली टोली फाइनलमा प्रवेश गर्नेछ । भारत यसअघि नै प्रतियोगिताको फाइनलमा पुगिसकेको छ । यो खेलमा पराजित भए नेपाली टोली उपाधि होडबाट बाहिरिने छ । 

बंगलादेशविरुद्धको महत्वपूर्ण खेलमा नेपाली टोलीका कुनै पनि ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन् । ओपनर सावित्री धामीले मात्र दोहोरो अंकमा रन बनाउन सकिन् । उनले ११ रन जोडिन् ।  अर्की ओपनर साना प्रविन चार रन बनाउँदै आउट भइन् । कप्तान पूजा महतो पनि नौ रनभन्दा अगाडि बढ्न सकिनन् । सोनी पाख्रिन पनि दुई रनमै आउट भइन् ।  

ज्योत्सनिका मरासिनीले पाँच र सिमाना केसीले तीन रन बटुले । एलिसा कुमारी यादब पनि आठ रनभन्दा अगाडि बढ्न सकिनन् । कुशुम गोदारले तीन रन जोडिन् । तृषना विश्वकर्मा चार रनमा अविजित रहिन् । वर्षाका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएकाले खेल ११–११ ओभरमा झारिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप