नेपाल प्रिमियर लिग क्रिकेट
१५ ओभरको अन्त्यमा जनकपुरले बनायो १ सय ५९ रन
शनिबार, ०६ पुस २०८१, १५ : ११

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध दोस्रो ब्याटिङ गरिरहेको छ । १५ ओभरको अन्त्यमा टोलीले २ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको छ ।
जनकपुरका लागि लाहिरु मिलान्थाले ८६ रन बनाएर खेलिरहेका छन् । हर्ष ठाकेरले २३ रन बनाएका छन् । यसअघि आसिफ शेखले ३३ रन बनाएर आउट भएका थिए ।
सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्स सामु जितका लागि १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेती गरिने
-
नेपाली युवाले अष्ट्रेलियामा बनाए ‘ऋ प्रो’ एप
-
१२ बजे १२ समाचार: नागार्जुनका मेयर दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा
-
गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद