गाजामा २० लाखभन्दा बढी मानिस फसे : संयुक्त राष्ट्रसङ्घ
गाजा । संयुक्त राष्ट्रसङ्घले गाजामा २० लाखभन्दा बढी मानिसहरू फसेको बताएको छ । संयुक्तराष्ट्र सङ्घको राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) का आपतकालीन अधिकारी लुइस वाटरिजले शुक्रबार सो कुराको जानकारी दिएको हो ।
युएनआरडब्लुएले हालैका दिनहरूमा गाजामा खराब मौसम अवस्था जारी रहने अपेक्षा गरेको छ । यसका बाबजुद पनि एजेन्सीलाई आश्रय सहायताभन्दा खानालाई प्राथमिकता दिन बाध्य पारिएको छ । यसैबिच, संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय बाल आपतकालीन कोष (युनिसेफ) ले गाजाका बालबालिकामा जारी सङ्कटको असरप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।
गाजामा युनिसेफका प्रमुख सञ्चार अधिकारी रोसालिया बोलिनले बालबालिकाको एउटा पुस्ताले आफ्नो अधिकारको गम्भीर उल्लङ्घन र आफ्नो भविष्यको विनाशको पीडा भोगिरहेको कुरा प्रकाश पारे । चौध महिनाभन्दा बढी समयदेखि बालबालिका विपद्को छेउमा बाँचिरहेका छन्, जसमा १४ हजार ५०० भन्दा बढी बालबालिकाको मृत्यु भएको र हजारौं घाइते भएका छन् ।
युनिसेफले पनि जाडो सुरु हुने बित्तिकै स्थिति खराब हुने चेतावनी दिएको छ । गाजाका बालबालिकाहरू चिसोको सामना गरिरहेका छन् । धेरैले अझै गर्मीको लुगा लगाएर खाली खुट्टा हिंडिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण