एनपीएलमा हारेपछि सुदूरपश्चिमका प्रशिक्षक टमटाले के भने ?
काठमाडौँ । फाइनलमा पराजित भएपछि सुदूरपश्चिम रोयल्सका प्रशिक्षक जगत टमटाले पावर प्लेमा जनकपुर बोल्ट्सले बटुलेको रनले नै खेलको नतिजामा प्रभाव परेको बताएका छन् ।
खेलपछि पत्रकार सम्मेलनमा प्रशिक्षक टमटाले समग्रमा राम्रै क्रिकेट खेले पनि विपक्षीले पावर प्ले जोडेको रनले नै खेलमा प्रभाव परेको उल्लेख गरेका हुन् । साथै उनले आफ्नो टोलीले पहिलो विकेटका लागि राम्रो ब्याटिङ गर्दै राम्रो शुरु गरेअनुरूप १०/१५ रन कम भएको पनि बताएका छन् ।
विकेट पनि हुँदा राम्रो सुरुआत भए पनि त्यसलाई ठूलो योगफल बनाउन नसकिएको प्रशिक्षक टमटा उल्लेख गरेका छन् । पावर प्लेमा दुई ओभर मेडन हुनु र अन्तिम ओभरतिर राम्रो रन बन्न नसक्नुले खराब पक्ष रहेको उनको बुझाइ छ ।
प्रतियोगिताभर जस्तै फाइनलमा पनि राम्रो क्रिकेट खेले पनि आज आफ्नो टोलीका लागि खराब दिन बनेको प्रशिक्षक जगत बताउँछन् । प्रशिक्षक टमटाले आफूहरूले भन्दा जनकपुरले राम्रो क्रिकेट खेल्दा उपाधिको हकदार बनेको बताएका छन् । घरेलु र उमेर समूहका क्रिकेटरले एनपिएलमा राम्रो क्रिकेट खेलेकाले नेपाली क्रिकेटका लागि यो सुखद पक्ष रहेको उनको बुझाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण