यू–१९ महिला मैत्रीपूर्ण फुटबल : घरेलु मैदानमा भुटानसँग बराबरीमा रोकियो नेपाल
काठमाडौँ । नेपालको यू–१९ महिला टोली र भुटानको यू–१९ महिला टोलीबिच आइतबार खेलिएको मैत्रीपूर्ण फुटबल खेल १–१ गोलको बराबरीमा सकिएको छ । मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिएको हो ।
प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले दोस्रो हाफमा गोल गरेका थिए । खेलमा अग्रता भने नेपाली टोलीले लिएको थियो । निर्धारित समयको ४८औँ मिनेटमा नेपालका लागि सुशिला केसीले गोल गरेकी थिइन् ।
निर्धारित समयको ८०औँ मिनेटमा भुटानले जवाफी गोल फर्काएको थियो । भुटानका लागि फुन्तसो छोदेनले गोल गरेकी हुन् ।
यसअघि गत शुक्रबार खेलिएको अर्को उमेर समूहको खेलमा भुटानको महिला यू–१६ टोलीले नेपालको यू–१६ टोलीलाई फराकिलो अन्तरले हराएको थियो । उक्त खेलमा भुटानको यू–१६ टोली ५–१ गोलले विजयी भएको थियो ।
नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न भुटानको दुईवटा उमेर समूहको महिला फुटबल टोली गत बुधबार नेपाल भ्रमणमा आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सिनेमा : राज्यले चिन्न नसकेको सफ्ट पावर
-
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
-
ग्वार्डिओलाले अस्वीकार गरेपछि पिर्लो बने इटालीको मुख्य प्रशिक्षकका प्रमुख दाबेदार
-
राजधानीको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिला फेला
-
नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छ : एमाले महासचिव
-
सानेपामा ‘श्रावण मेला’ सुरु : मेहेन्दी, भजन कन्सर्ट र सिङ्गारका स्टलमा आकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण