ऋषिकेशको बचाउमा उत्रिए गोकुल बास्कोटा
काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलको बचाउमा उत्रिएका छन् । सोमबार बसेको समितिको बैठकमा बोल्दै उनले परिवार सहकारीमा जोडियो भन्दैमा पोखरेलमाथि नै हमला नगर्न सुझाव दिएका हुन् ।
सांसद बास्कोटाले भने, उहाँको परिवारको नाम आयो भने अपराधिनै सभापति हो भनेजस्तो सभापतिलाई हमला नगरौँ भन्ने मेरो सुझाव हो । आरोप लाग्दैमा राजीनामा किन ? तनावको कुरा भएन तथ्य र सत्यले पुष्टि गर्छ भने राजीनामा गर्नुपर्छ । प्रतिशोध र पूर्वाग्रह कानुनी राजको गुण हैन, कानुन अन्तिम सत्य हो ।
गोपी कृष्णको जसरी राजीनामाको रटान नलगाउन आग्रह गर्दै उनले आरोप नलागेको को छ भन्दै प्रश्न गरे । उनले भने, यहाँ सरकारमा नगएको को छ ? यहाँ आरोप नलागेको को छ ? आरोप लाग्यो भनेर सरकारमा नगएको को छ ?
एमालेका सांसद समेत रहेका सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मोरङको धनपालथान गाउँपालिका–३ स्थित उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा मुद्दा दायर गरिएको छ ।
‘सभापतिको हकमा कुरा उठ्यो । प्रहरी पस्यो प्रतिवेदन तयार भयो, अदालत प्रवेश गर्यो, अब अदालती प्रक्रियाबाट आउने निर्णय मानिन्छ,’ सांसद बास्कोटाले भने,‘बिचार ठुलो हैन अदालती निर्णय ठुलो हो । एमालेको कुरा जसको बारे उठेको छ उसले कानुन स्वीकार गर्न हिचकिचाउँदैन । कानुनी राज्य ठुलो हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण