मृत्युदण्ड पर्खिरहेका ३७ जनालाई बाइडेनले दिए राहत
सोमबार, ०८ पुस २०८१, १६ : ५९
वासिङ्टन डीसी । बाहिरिने तयारीमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले संघीय अदालतबाट मृत्युदण्डको सजाय पाएका ३७ जनाको सजाय घटाएर आजीवन कारावासमा झारेका छन् । मृत्युदन्डको सजाय पर्खिरहेका ४० जनामध्ये बाइडेले ३७ जनाको सजाय घटाइदिएका हुन् ।
डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यकाल सम्हाल्नुअघि उनले यो निर्णय गरेका हुन् । फाँसीको सजायको ट्रम्पले खुलेर समर्थन गर्दै आएका छन् ।
ट्रम्प सत्तामा आएर उनीहरूलाई मृत्युदण्ड दिनु अगावै बाइडेनले यो पहल गरेका छन् । योसँगै प्रहरी र सैन्य अधिकारीको हत्या गरेका, मान्छेको ज्यानै जाने गरी भएको बैङ्क लुटपाटका अपराधीहरूले समेत जीवनदान पाएका छन् ।
आफ्नो करियरलाई आफूले हिंस्रक अपराधको न्यूनीकरण गर्न र न्याय प्रणाली निष्पक्ष र प्रभावकारी होस् भन्ने सुनिश्चित गर्न समर्पित गरेको बाइडेनले एक विज्ञप्तिमा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण