मृत्युदण्ड पर्खिरहेका ३७ जनालाई बाइडेनले दिए राहत
सोमबार, ०८ पुस २०८१, १६ : ५९

वासिङ्टन डीसी । बाहिरिने तयारीमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले संघीय अदालतबाट मृत्युदण्डको सजाय पाएका ३७ जनाको सजाय घटाएर आजीवन कारावासमा झारेका छन् । मृत्युदन्डको सजाय पर्खिरहेका ४० जनामध्ये बाइडेले ३७ जनाको सजाय घटाइदिएका हुन् ।
डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यकाल सम्हाल्नुअघि उनले यो निर्णय गरेका हुन् । फाँसीको सजायको ट्रम्पले खुलेर समर्थन गर्दै आएका छन् ।
ट्रम्प सत्तामा आएर उनीहरूलाई मृत्युदण्ड दिनु अगावै बाइडेनले यो पहल गरेका छन् । योसँगै प्रहरी र सैन्य अधिकारीको हत्या गरेका, मान्छेको ज्यानै जाने गरी भएको बैङ्क लुटपाटका अपराधीहरूले समेत जीवनदान पाएका छन् ।
आफ्नो करियरलाई आफूले हिंस्रक अपराधको न्यूनीकरण गर्न र न्याय प्रणाली निष्पक्ष र प्रभावकारी होस् भन्ने सुनिश्चित गर्न समर्पित गरेको बाइडेनले एक विज्ञप्तिमा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आभा शाह वर्षकै उत्कृष्ट महिला उद्यमी घोषित
-
पर्वत घटनाका दोषीलाई कारबाही गर्न एमाले गण्डकीको माग
-
नेपाल मगर विद्यार्थी सङ्घको स्थगित भएको निर्वाचन वैशाख ३१ गते हुने
-
झापाबाट करिब १५ लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
-
नुर अहमदको शानदार बलिङ, कोलकाताद्वारा १ सय ८० रनको लक्ष्य प्रस्तुत
-
बाल मन्दिर जग्गा प्रकरण : रिता सिंह र योगेन्द्र शाहीसँग बयान लिइएन