मुद्दती खाताको ब्याजदरमा राष्ट्र बैंकले तोक्यो ‘न्यूनतम सीमा’
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको न्यूनतम ब्याजदर सीमामा थप कडाइ गरेको छ । राष्ट्र बैंकले खुला बजार कारोबारसम्बन्धी कार्यविधिमा सातौँ संशोधन गर्दै कुनै पनि प्रकारका बचत तथा मुद्दती र बचत खाताको ब्याजदर ३ प्रतिशतभन्दा तल झर्न नदिने व्यवस्था गरेको हो ।
यसअघि राष्ट्र बैंकले खुला बजार कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाको बचत खाताको ब्याजदरलाई ब्याजदर करिडोरको न्यूनतम सीमाभन्दा तल हुन नहुने व्यवस्था गरेको थियो । तर, मुद्दती खाताको ब्याजदरबारे केही बोलेको थिएन । नयाँ संशोधनमा मुद्दती खाताको ब्याजदर पनि त्यो दरभन्दा कम हुन नहुने व्यवस्था गरिएको राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागका कार्यकारी निर्देशक पीताम्बर भण्डारीले जानकारी दिए । अहिले ब्याजदर करिडोरको न्यूनतम सीमा ३ प्रतिशत रहेको छ ।
कार्यविधिले बचत खाताको विषयमा मात्रै बोलेपछि केही बैंकले संस्थागत मुद्दती खाताको ब्याजदर त्योभन्दा तलसम्म झारिएको थियो । कृषि विकास बैंकले संस्थागत मुद्दती खाताको ब्याजदरलाई २.५ प्रतिशतसम्म झारेको थियो । राष्ट्र बैंकको हस्तक्षेपपछि बैंकले यसलाई ३ प्रतिशत पुर्याएको छ ।
बजारमा अधिक तरलता हुँदा राष्ट्र बैंकले खुला बजार कारोबारमार्फत तरलता प्रशोधन गर्दै आएको छ । तर, सस्तो ब्याजमा निक्षेप उठाउने र राष्ट्र बैंकमा राखेर ब्याज खाने प्रवृत्तिलाई निरुत्साहित गर्न यस्तो व्यवस्था गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण