अभियानलाई प्रभावकारी बनाउन जसपा नेपालले बनायो विभागलाई सक्रिय
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय विभागहरूलाई सक्रिय बनाएको छ ।
जसपा नेपालका १७ वटा विभागहरू छन् । ती विभागहरूको बैठक पुस ८ गतेदेखि सुरु भएको छ भने २३ गतेसम्म चल्नेछ । प्रत्येक दिन एउटा विभागको बैठक बस्ने गरी पार्टीले कार्यतालिका बनाएको छ ।
युवा, विद्यार्थी तथा खेलकुद विभागको पुस ८ गते बैठक बस्यो भने आज कृषि तथा भूमि व्यवस्था विभागको बैठक चलिरहेको जसपा नेपालका महासचिव रामकुमार शर्माले बताए ।
सूचना, सञ्चार, विज्ञान तथा प्रविधिको पुस १० गते, वन वातावरण तथा विपद् व्यवस्थापन विभागको पुस ११ गते, सहकारी तथा गरिबी निवारण विभागको पुस १२ गते बोलाइएको छ ।
त्यस्तै प्रचार प्रसार तथा प्रकाशन विभागको पुस १३ गते, स्वास्थ्य तथा जनसङ्ख्या विभागको पुस १४, बौद्धिक पेसाकर्मी तथा ट्रेड युनियनको पुस १५ गते, महिला विभागको पुस १६ गते, उद्योग वाणिज्य तथा आपूर्ति विभागको पुस १८ गते, संगठन विभागको पुस १९ गते, सामाजिक सेवा तथा गैर सहकारीको पुस २० गते, आर्थिक विभाग र पार्टी स्कुल तथा प्रशिक्षण विभागको पुस २२ गते, कानुन विभागको पुस २३ र शिक्षा विभागको २४ गते बैठक बोलाएको छ ।
जसपा नेपालले चलाइरहेको जनतासँग जसपा अभियान कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विभागको बैठकहरू बोलाएको महासचिव शर्माले बताए ।
पार्टीले सञ्चालन गरेको अभियानमा विभागलाई कसरी जोड्न सकिन्छ, सदस्यता वितरणमा कसरी सहभागी गराउन सकिन्छ भन्नेबारेमा छलफल गरी कार्य विभाजन गरेर कार्यक्षेत्रमा खटाउने तयारी भइरहेको उनले बताए । २०८४ सम्ममा जसपा नेपालले पाँच लाख सदस्यता वितरण गर्ने गरी अभियान चलाइ रहेको छ । त्यसमा पार्टीका सबै अंगलाई परिचालित गर्ने नीति पार्टीले लिएको छ ।
सोहीअनुसार विभागलाई पूर्णता दिन पनि सम्बन्धित विभागको बैठकमा छलफल गरिने महासचिव शर्माले बताए ।
यस्तै जसपा नेपालले जिल्ला, पालिका र प्रदेशको अधिवेशन गर्ने तयारी भइरहेको छ । त्यसलाई सफल बनाउन पनि विभाग क्रियाशील हुनुपर्ने गरी छलफल भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण