राप्रपाले सरकारविरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारविरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले वर्तमान सरकारका कारण भ्रष्टाचार संस्थागत हुनुका साथै मुलुक अस्तव्यस्त भएको निष्कर्ष निकाल्दै देशभरका सातवटै प्रदेशका साथै अन्य तहमा सरकारविरुद्ध भण्डाफोर र विरोध कार्यक्रम गर्ने निर्णय गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
ठुला दल मिलेर बनेको सरकारले जनतामा आशा जगाउन नसकेको उनको आरोप थियो । त्यस्तै उनले सरकारले अर्थतन्त्र चलायनमान गराउन नसकेको, अन्तर्राष्ट्रिय सम्बन्धमा समेत असन्तुलित परराष्ट्र नीतिका कारण नेपाल भूराजनीतिक चक्रव्यूहमा फस्न जाने खतरामा पुगेको निष्कर्ष बैठकले निकालेको जानकारी दिए ।
बैठकमा पार्टीको आन्तरिक जिल्ला अधिवेशन तयारीको समीक्षा गरिएको लिङ्देनले बताए । बैठकले सहकारी पीडितहरूको बचत फिर्ताको सुनिश्चितता गर्न र बचत फिर्ताको माग गर्दै आन्दोलन गरेकामाथि सरकारले गरेको दमन तुरुन्त रोक्न पनि माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्बाप्पेको ऐतिहासिक रात : कुन-कुन रेकर्ड तोडे ?
-
अध्ययन बिदा बसेका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन
-
दैलेखको ठाटीकाँधका ९७ शिक्षक–कर्मचारी एक वर्षदेखि तलबविहीन
-
चक्रपथको कोटेश्वर–कलंकी सडक खण्डमा बत्ती जडान सुरु (तस्बिरहरू)
-
धनगढी र नेपालगञ्जको तापक्रम ४० डिग्री पुग्ने, काठमाडौँ र पोखरामा वर्षा
-
झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण