बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

चक्रपथको कोटेश्वर–कलंकी सडक खण्डमा बत्ती जडान सुरु (तस्बिरहरू)

बुधबार, ०३ असार २०८३, ०९ : ५५
बुधबार, ०३ असार २०८३

सारांश

  • कोटेश्वर-कलंकी चक्रपथ सडक खण्डमा सडक बत्ती जडान कार्य सुरु भएको छ।
  • सडक बत्ती नहुँदा सवारी चालक र पैदल यात्रुहरूले अँध्यारोका कारण दुर्घटनाको जोखिम र सुरक्षा चुनौती भोग्दै आएका थिए।
  • सडक बत्ती जडानपछि रात्रिकालीन दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनमा सुधार र सार्वजनिक सुरक्षामा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

काठमाडौँ । लामो समयदेखि सडक बत्तीको व्यवस्थाको अभाव झेल्दै आएको कोटेश्वर–कलंकी चक्रपथ खण्डमा सडक बत्ती  जडान कार्य सुरु गरिएको छ। राजधानीको अत्यन्त व्यस्त सडक खण्डमध्ये एक मानिने यस मार्गमा सडक बत्ती जडान हुन थालेपछि रात्रिकालीन यात्रा थप सुरक्षित, सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

सडक विस्तार सम्पन्न भएको वर्षौँ बितिसक्दा पनि पर्याप्त सडक बत्ती नहुँदा सवारी चालक तथा पैदल यात्रीहरूले विभिन्न समस्या भोग्दै आएका थिए। अँध्यारोका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै सुरक्षा चुनौतीसमेत देखिने गरेको थियो। 

09-Ring road_Street light_-2012

हाल सुरु गरिएको सडक बत्ती जडान कार्य सम्पन्न भएपछि रातिको समयमा हुने सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनमा सुधार तथा सार्वजनिक सुरक्षामा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। साथै आधुनिक सडक पूर्वाधारसँगै उज्यालो सडकले राजधानीको सौन्दर्यसमेत थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।

01-Ring road_Street light_-2013

कोटेश्वर–कलंकी चक्रपथ खण्ड काठमाडौँ उपत्यकाको प्रमुख यातायात मार्गमध्ये एक हो। आठ लेनमा विस्तार गरिएको यस सडकले उपत्यकाका विभिन्न क्षेत्रलाई जोड्ने मुख्य मार्गका रूपमा सेवा दिँदै आएको छ।

03-Ring road_Street light_-2026

स्थानीयवासीहरूले सडक बत्ती जडान कार्य निर्धारित समयमै सम्पन्न गरी सम्पूर्ण चक्रपथलाई आधुनिक, सुरक्षित र व्यवस्थित स्वरूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्। तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

04-Ring road_Street light_-201605-Ring road_Street light_-201406-Ring road_Street light_-202007-Ring road_Street light_-201708-Ring road_Street light_-201910-Ring road_Street light_-202211-Ring road_Street light_-202512-Ring road_Street light_-202113-Ring road_Street light_-201514-Ring road_Street light_-202315-Ring road_Street light_-202416-Ring road_Street light_-2027

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप