दुई जिल्ला जोड्ने सडक पाँच वर्षदेखि निर्माण रोकियो
ढोरपाटन । बागलुङको मालढुङ्गादेखि गुल्मीको शान्तिपुर जोड्ने सडक निर्माण पाँच वर्षदेखि रोकिएको छ । निर्माण कम्पनीले काम नगरेपछि उक्त सडक निर्माण हुन नसकेको हो । विसं २०६६ मा ट्र्याक खुलेको सडक स्तरोन्नति गर्न विसं २०७६ मा ठेक्का लगाइएको थियो ।
मालढुङ्गा–कुश्मीशेरा–बरेङ–शान्तिपुर सडकअन्तर्गत रुम्टा–राङ्खानी खण्डको १० किलोमिटर सडक निर्माण हुन नसकेको हो । सडक कालोपत्रका लागि पाँच वर्ष अगाडि क्याराभान एण्ड शर्मा जेभीले ठेक्का लिएको पूर्वाधार विकास कार्यालय बागलुङका सूचना अधिकारी दीपेश रिगलले जानकारी दिए ।
उनका अनुसार निर्माण कम्पनीले रु २८ करोड ५८ लाख ५७ हजार आठ सय १७ मा ठेक्का लागेको थियो । विसं २०७८ मा सम्पन्न गर्ने गरी जिम्मा लिए पनि चार पटकसम्म म्याद थप गर्दा करिब ५८ प्रतिशत मात्रै भौतिक प्रगति भएको कार्यालयले जनाएको छ । आगामी चैत मसान्तसम्मका लागि अन्तिम पटक म्याद थप गरे पनि फिल्डमा काम सुरु नभएको उहाँको भनाइ छ ।
जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले निर्माण कम्पनीलाई बारम्बार काम गर्न आग्रह गरे पनि अटेर गरेको बताए । ट्रयाक खुलेको १५ वर्ष बित्न लाग्दासम्म सडक स्तरोन्नति नहुँदा दक्षिण बागलुङ र गुल्मीका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको उनको भनाइ छ । दैनिक सयौँ यात्रुले यात्रा गर्ने सडक साँघुरो र अप्ठ्यारो हुँदा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण