इजरायली हमलाको समयमा यमनको विमानस्थलमा थिए डब्ल्यूएचओ प्रमुख
सना । बिहीबार इजरायली सेनाले यमनमाथि हवाई हमला गरेको समयमा संयुक्त राष्ट्रसंघीय स्वास्थ्य एजेन्सी विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र यूएनका अन्य कर्मचारीहरू यमनको विमानस्थलमा थिए । इजरायलले गरेको उक्त हवाई आक्रमणमा कम्तिमा ६ जनाको ज्यान गएको बताइएको छ ।
आक्रमण सुरु हुँदा आफूहरू सनामा रहेको अन्तरराष्ट्रिय विमानस्थलमा विमानभित्र चढ्नै लागेको डब्ल्यूएचओ महा–निर्देशक टेड्रोस अधानोम गेब्रेयससले बताए । आक्रमणमा परेर विमानस्थलमा ३ जना मारिएको हुथीद्वारा सञ्चालित सबा न्यूज एजेन्सीले भनेको छ ।
यसक्रममा अरु ३० जना घाइते भएको बताइएको छ । पश्चिमी होदेइदाह प्रान्तमा अरु ३ जना मारिएको र १० जना घाइते भएको भनिएको छ । आक्रमणमा ऊर्जा स्टेशन र बन्दरगाहमाथि समेत क्षति पुगेको थियो ।
यो आक्रमणलाई हुथीले असभ्य भनेको छ । गुप्तचरबाट आएको जानकारीका आधारमा आफूहरूले आक्रमण गरेको इजरायली सेनाले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण