एन्फा यू–१६ युथ लिग फुटबल : उद्घाटन खेलमा चर्च ब्वाइजको रोमाञ्चक जित
शुक्रबार, १२ पुस २०८१, १५ : ३९
काठमाडौँ । अखिल नेपाल फुटबल संघद्वारा आयोजित एन्फा यू–१६ युथ लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चर्च ब्वाइज युनाइटेड क्लबले सफलता हात पारेको छ ।
चर्च ब्वाइज क्लबले शुक्रबार खेलिएको उद्घाटन खेलमा संकटा क्लबमाथि २–१ गोलको रोमाञ्चक जित हासिल गरेको हो । चर्च ब्वाइजले खेलमा उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो ।
खेल सुरु भएको १५औँ मिनेटमै संकटा क्लबले अग्रता लिएको थियो । संकटा क्लबका लागि पेम्बा तामाङले गोल गरेका थिए । ३०औँ मिनेटमा चर्च ब्वाइजका लागि सनिल मगरले बराबरी गोल गरेका थिए ।
खेल प्रतिस्पर्धात्मक रुपमा अघि बढिरहँदा निर्धारित समयको ८४औँ मिनेटमा सुगम राणाले चर्च ब्वाइजका लागि निर्णायक गोल गरेका थिए ।
त्यसअघि, शुक्रबार नै बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण