लुम्बिनीका मुख्यमन्त्रीद्वारा बुलबुले तालको अवलोकन, तस्बिरहरु
शुक्रबार, १२ पुस २०८१, १८ : ०३
_M27WNdOpak.jpg)
सुर्खेत । कर्णाली–लुम्बिनी प्रदेशका साझा विषयमा साझेदारी र समन्वय गर्ने उद्देश्यसहित कर्णाली आएका लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले वीरेन्द्रनगरको प्रमुख पर्यटकीय स्थल बुलबुले तालको अवलोकन गरेका छन् । शुक्रबार वीरेन्द्रनगर आएको मुख्यमन्त्रीसहितको टोलीले समन्वयात्मक बैठक पश्चात बुलबुले तालको अवलोकन गरेको हो ।
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र मन्त्रीहरूले लुम्बिनीको टोलीलाई बुलबुले तालको अवलोकन गराएका हुन् । त्यस क्रममा टोलीले डुङ्गा चढेर बुलबुले तालको सामीप्यमा रमाएको थियो । लुम्बिनीका मुख्यमन्त्री आचार्यले बुलबुले तालको निकै प्रशंसा गरे ।
यस्तै उक्त टोलीले वीरेन्द्रनगरस्थित निर्माणको अन्तिम चरणमा रहेको प्रादेशिक रङ्गशालाको पनि अनुगमन तथा निरीक्षण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भद्रगोल पोखरा महानगर : सञ्चालकसँग सम्पन्न प्रमाणपत्र छ, महालेखाको प्रतिवेदनमा छैन !
-
डोटी जिप दुर्घटना अपडेट : चालकसहित ३ जनाको मृत्यु
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
६० किलो सुन प्रकरण : फरार आरोपी अमला रोका टोखाबाट पक्राउ
-
लुम्बिनी प्रदेशसभा बैठक स्थगित
-
ग्वार्कोमा निर्माण भएको ओभरपास उद्घाटन, तस्बिरहरू