लुम्बिनीका मुख्यमन्त्रीद्वारा बुलबुले तालको अवलोकन, तस्बिरहरु
शुक्रबार, १२ पुस २०८१, १८ : ०३
सुर्खेत । कर्णाली–लुम्बिनी प्रदेशका साझा विषयमा साझेदारी र समन्वय गर्ने उद्देश्यसहित कर्णाली आएका लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले वीरेन्द्रनगरको प्रमुख पर्यटकीय स्थल बुलबुले तालको अवलोकन गरेका छन् । शुक्रबार वीरेन्द्रनगर आएको मुख्यमन्त्रीसहितको टोलीले समन्वयात्मक बैठक पश्चात बुलबुले तालको अवलोकन गरेको हो ।
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र मन्त्रीहरूले लुम्बिनीको टोलीलाई बुलबुले तालको अवलोकन गराएका हुन् । त्यस क्रममा टोलीले डुङ्गा चढेर बुलबुले तालको सामीप्यमा रमाएको थियो । लुम्बिनीका मुख्यमन्त्री आचार्यले बुलबुले तालको निकै प्रशंसा गरे ।
यस्तै उक्त टोलीले वीरेन्द्रनगरस्थित निर्माणको अन्तिम चरणमा रहेको प्रादेशिक रङ्गशालाको पनि अनुगमन तथा निरीक्षण गरेको छ ।
_M27WNdOpak.jpg)
_8gXetRn66E.jpg)
_mF2udiSwru.jpg)
_TjoEtgAGpH.jpg)
_AW0HWl1EIw.jpg)
_hZn1n7Uz1j.jpg)
_KOTMNVOosy.jpg)
_y1MjlyF2BB.jpg)
_vKE4pen0aQ.jpg)
_Yh4CZxRogy.jpg)
_ZCGVl8Tlzs.jpg)
_sXXgXslZFZ.jpg)
_F5CS55Km6c.jpg)
_C2aEcriDv1.jpg)
_CxqoIrtB7u.jpg)
_22JPB5kTWN.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण