पीएल सिंहको कन्भिन्सिङ पावर मोडललाई सबैले सिक्नुपर्छ : प्रकाशमान सिंह
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ महानगरलाई यत्तिको बनाउन स्व.पीएल सिंहले खेलेको भूमिका अविस्मरणीय रहेको बताएका छन् । शनिवार काठमाडौँमा सिंहको १३ औँ दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले स्व.सिंह नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने व्यक्ति रहेको पनि बताएका हुन् ।
कन्भिन्सिङ पावर मोडलको रूपमा स्व.सिंहलाई लिन सकिने उनको भनाई थियो । उनले भने, ‘उहाँलाई सबैले फ्लाइङ मेयर भनेर चिन्दथे । काठमाडौँ महानगरलाई प्रोग्राम ल्याउन, फाइनान्सिलय सपोर्ट गर्न धेरै काम गर्नुभयो । उहाँ मेयर हुँदा भारतीय प्रधानमन्त्रीलाई गर्नुभएको स्वागतले नेपाल भारत सम्बन्धका लागि पीएल सिंह जस्तो हुनुपर्छ भन्नुभएको थियो । उहाँको कन्भिन्सिङ पावर मोडलको रूपमा हामी सबैले सिक्नुपर्छ । उहाँ नेताहरूमा धेरै लोकप्रिय हुनुहुन्थ्यो । उहाँले पाएको अवसरलाई पूर्ण रूपमा सफल गर्नुभयो ।’
कार्यक्रममा बोल्दै कांग्रेस सांसद एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राजनीतिमा प्राप्त उपलब्धिलाई स्व. सिंहले राम्रोसँग नेतृत्व गरेको भन्दै उनको स्मरण गरे । प्राप्त अवसरलाई कसरी सदुपयोग गर्ने र सफलतापूर्वक निर्वाह गर्ने भन्ने कुरा स्व.सिंहको जीवनीबाट सिक्न सकिने उनको भनाई थियो ।
मन्त्री पौडेलले भने– ‘अब राजनीतिमा कति प्राप्त हुन्छ त्यो एउटा विषय हो । प्राप्त भएको अवसरलाई कति सफलतापूर्वक निर्वाह गरिन्छ, त्यो सफलता हो भन्ने लाग्छ । त्यसबाट हेर्दा बेदाग पीएल दाइले प्राप्त अवसरलाई राम्रोसँग नेतृत्व गरेर जानुभयो । त्यस अर्थमा पीएल दाइ आफैँमा एउटा स्वच्छ छवि भएको इमानदार र निष्ठावान् हुनुहुन्थ्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण