न्यायपरिषद्को संरचनालाई राजनीतिमुक्त बनाउनुपर्छ : न्यायाधीश मल्ल

विराटनगर । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायपरिषद्को संरचनालाई राजनीतिमुक्त बनाउनुपर्ने बताएकी छन् । शनिबार विराटनगरमा आयोजना गरिएको दुई दिने महिला कानुन व्यवसायीहरूको ३१ औँ राष्ट्रिय सम्मेलनमा मल्लले न्यायपरिषद्को संरचनालाई राजनीतिमुक्त बनाउन सकिए न्यायाधीश नियुक्ति सजिलो र सहज हुने बताएकी हुन् ।
न्यायपरिषद्ले निष्पक्ष र स्वतन्त्र भएर न्यायाधीशको नियुक्ति गर्ने गरेको भन्दै उनले बार र बेन्चबिचको विवाद उचित नभएको धारणा राखिन् । मल्लले मेलमिलापलाई प्रभावकारी रूपमा लैजाने सर्वोच्च अदालतको रणनीतिक योजना रहेको जानकारी दिइन् ।
त्यस्तै सम्मेलनलाई सम्बोधन गर्दै सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदीले जनताको न्यायलाई सुनिश्चित गर्न बार र बेन्च बिच सहकार्य हुनुपर्ने धारणा राखिन् । नेपाल बार एसोसिएसन महिला समितिले आयोजना गरेको सो सम्मेलनमा मुलुकभरका ७७ जिल्लाबाट करिब १ हजार प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु
-
महको गुणस्तर वृद्धिमा जोड