कोटेश्वरको होटलबाट पेस्तोलसहित युवक पक्राउ
आइतबार, १४ पुस २०८१, १३ : १७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट पेस्तोलसहित एकजना युवक पक्राउ परेका छन् । कोटेश्वरमा रहेको होटल ब्लिसपुलबाट ३३ वर्षी सनराइज खड्का पक्राउ परेका हुन् । उनी नरेफाँटमा बस्दै आएका छन् ।
उनको साथबाट एकथान पेस्तोल र ९ राउन्ड गोली बरामद गरिएको उपत्यका प्रहरी कार्यालयकी प्रमुख (एआईजी) किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । उपत्यका प्रहरी कार्यालय र प्रहरी प्रभाग कोटेश्वरको टोलीले आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता बनायो
-
मधेस प्रदेश सभा बैठक बस्दै , बजेट पारित गराउने अन्तिम प्रयास
-
सेमीफाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबिच प्रतिस्पर्धा सुरु
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
सेमिफाइनल यात्राका लागि साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै
-
देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण