पुस ११ सम्म काठमाडौँ महानगरपालिकाले सक्यो ४ अर्ब १ करोड ४ लाख बजेट
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पुस ११ गतेसम्म कुल बजेटमध्ये ४ अर्ब १ करोड ४ लाख ५६ हजार खर्च गरेको छ । आइतबार नगरसभाको १६ औँ अधिवेशनमा उपमेयर सुनिता डंगोलले चालु आर्थिक वर्षमा कुल विनियोजित बजेट २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ रहेकोमा पुस ११ गतेसम्म ४ अर्ब १ करोड ४ लाख ५६ हजार रुपैयाँ खर्च भएको जानकारी गराएकी हुन् ।
जुन कुल विनियोजनको १६ दशमलब १० प्रतिशत रहेको उनको भनाइ छ । यस्तै समग्रमा चालु खर्च २३ दशमलब ५८ र पुँजीगत खर्च १० दशमलब ९२ प्रतिशत भएको उनले बताइन् । हालसम्म पूर्वाधार विकासमा १२.१३ प्रतिशत, आर्थिक विकासमा २४.१८, सामाजिक विकासमा १२.२३ प्रतिशत खर्च भएको छ ।
त्यसैगरी सुशासनमा ७.९२, कार्यालय सञ्चालनमा सबैभन्दा धेरै ३६.५४ प्रतिशत खर्च भएको छ । राजश्व आम्दानी तर्फ १२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको लक्ष्य निर्धारण भएकामा कुल ४ अर्ब ९ करोड ८९ लाख ३६ हजार आम्दानी भएको पनि डंगोलले जानकारी दिइन् । जुन कुल आम्दानीको लक्ष्यअनुसार ३१.०७ प्रतिशत रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
-
सरकारले भन्याे– आइतबारको बिदा खारेज गर्न लागिएको होइन
-
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द
-
सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण