पुस ११ सम्म काठमाडौँ महानगरपालिकाले सक्यो ४ अर्ब १ करोड ४ लाख बजेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पुस ११ गतेसम्म कुल बजेटमध्ये ४ अर्ब १ करोड ४ लाख ५६ हजार खर्च गरेको छ । आइतबार नगरसभाको १६ औँ अधिवेशनमा उपमेयर सुनिता डंगोलले चालु आर्थिक वर्षमा कुल विनियोजित बजेट २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ रहेकोमा पुस ११ गतेसम्म ४ अर्ब १ करोड ४ लाख ५६ हजार रुपैयाँ खर्च भएको जानकारी गराएकी हुन् ।
जुन कुल विनियोजनको १६ दशमलब १० प्रतिशत रहेको उनको भनाइ छ । यस्तै समग्रमा चालु खर्च २३ दशमलब ५८ र पुँजीगत खर्च १० दशमलब ९२ प्रतिशत भएको उनले बताइन् । हालसम्म पूर्वाधार विकासमा १२.१३ प्रतिशत, आर्थिक विकासमा २४.१८, सामाजिक विकासमा १२.२३ प्रतिशत खर्च भएको छ ।
त्यसैगरी सुशासनमा ७.९२, कार्यालय सञ्चालनमा सबैभन्दा धेरै ३६.५४ प्रतिशत खर्च भएको छ । राजश्व आम्दानी तर्फ १२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको लक्ष्य निर्धारण भएकामा कुल ४ अर्ब ९ करोड ८९ लाख ३६ हजार आम्दानी भएको पनि डंगोलले जानकारी दिइन् । जुन कुल आम्दानीको लक्ष्यअनुसार ३१.०७ प्रतिशत रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिख मर्ज जर्मनीको नयाँ चान्सलर निर्वाचित
-
राक्सिराङमा बोलेरो दुर्घटना : ९ जना घाइते, ६ जनाको अवस्था गम्भीर
-
कोशी प्रदेश सभाका अधिकांश सांसद भ्रमणमा व्यस्त, संसदीय गतिविधि ठप्प
-
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित
-
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची