समुन्नत समाजवाद निर्माणको बाटोमा दृढतापूर्वक हिँड्न प्रेरणा मिलोस् : खनाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले गुरुङ समुदायले मनाउँदै आएको तमु ल्होसार पर्वको अवसरमा तमु समुदाय लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
नेपाल एक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको बताउँदै खनालले यहाँ विभिन्न समुदायका जनताले आफ्ना मौलिक चाडपर्वहरू र संस्कृतिलाई संरक्षण गर्नको लागि आफ्नै रीति र परम्परा अनुसार पर्वहरू मनाउँदै आएको उल्लेख गरेका छन् । त्यसै अनुरूप गुरुङ समुदायले पनि तमु ल्होसारलाई परम्परागत रूपमा मनाउँदै आएको उनको भनाई छ ।
खनालद्वारा जारी सन्देशमा भनिएको छ - नयाँ वर्षको रूपमा मनाइने यस्ता पर्वले मुलुकमा राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न मद्दत गरेका छन् । नेपाली परम्परागत विशेषताका आधारमा मनाइने यस्ता चाडपर्वले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू बिच बन्धुत्व, आपसी प्रेम, हार्दिकता र सम्मान प्रकट गर्नेछ र मुलुकलाई सामाजिक न्याय र समानता सहितको समुन्नत समाजवाद निर्माणको बाटोमा दृढतापूर्वक हिँड्न सवैमा प्रेरणा मिलोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको दोस्रो विश्वकप उपाधि : युवा खेलाडी र उत्कृष्ट रणनीतिको कमाल
-
को हुन् हमासको नयाँ प्रमुख ?
-
नाटक ‘सेतो धरती’ को मञ्चन साउन १६ सम्म थपियो
-
१५औँ महाधिवेशन सर्वसम्मत हुन्छ भने देउवा समूहका मागबारे बोलेनन्
-
कलङ्की क्षेत्रमा जग्गाको मूल्याङ्कन : रिङरोड छेउमा घट्यो, अन्यत्र बढ्यो
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण