समुन्नत समाजवाद निर्माणको बाटोमा दृढतापूर्वक हिँड्न प्रेरणा मिलोस् : खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले गुरुङ समुदायले मनाउँदै आएको तमु ल्होसार पर्वको अवसरमा तमु समुदाय लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
नेपाल एक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको बताउँदै खनालले यहाँ विभिन्न समुदायका जनताले आफ्ना मौलिक चाडपर्वहरू र संस्कृतिलाई संरक्षण गर्नको लागि आफ्नै रीति र परम्परा अनुसार पर्वहरू मनाउँदै आएको उल्लेख गरेका छन् । त्यसै अनुरूप गुरुङ समुदायले पनि तमु ल्होसारलाई परम्परागत रूपमा मनाउँदै आएको उनको भनाई छ ।
खनालद्वारा जारी सन्देशमा भनिएको छ - नयाँ वर्षको रूपमा मनाइने यस्ता पर्वले मुलुकमा राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न मद्दत गरेका छन् । नेपाली परम्परागत विशेषताका आधारमा मनाइने यस्ता चाडपर्वले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू बिच बन्धुत्व, आपसी प्रेम, हार्दिकता र सम्मान प्रकट गर्नेछ र मुलुकलाई सामाजिक न्याय र समानता सहितको समुन्नत समाजवाद निर्माणको बाटोमा दृढतापूर्वक हिँड्न सवैमा प्रेरणा मिलोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन