खाल्डाखुल्डीरहित सडक हामीले बनायौँ, प्रशंसा महानगरको भयो : मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल अहिले निर्माणको चरणमा रहेको बताएका छन् । सोमबार सडक बोर्डको २२ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले सो कुरा बताएका हुन् ।
‘अन्य मुलुकको तुलनामा अहिले हामी निर्माणको चरणमा छौँ । नेपालमा २०१३ सालमा कान्ति राजमार्गले काठमाडौँ र बाहिरका जिल्लालाई जोडेको थियो । त्यसअघि गाडी बोकेर ल्याइन्थ्यो । अहिले देशभरमा ६० लाख सवारी र एक लाख किलोमिटर सडक पुगेको छ,’ उनले भने, ‘तर विकास भन्ने बित्तिकै सडक आउँदो रहेछ । सडकलाई नै विकास देख्ने गरिन्छ ।’
सडकले सुविधा त पुगेको तर मर्मतका लागि उत्तिकै चुनौती थपिएको समेत उनले बताए । मन्त्रालयको कुल विनियोजित बजेटको ८० प्रतिशत सडक मर्मतका लागि छुट्याउने गरेको तर त्यसले पर्याप्त नभएको बताए ।
‘तर जनतालाई खुसी पार्न ठुलो विकास चाहिँदैन । सडकका खाल्डाखुल्डी पर्दा मात्रै खुसी हुने रहेछन्’ मन्त्री दाहाल भन्छन् । उनले काठमाडौँका सडक जति खाल्डाखुल्डीरहित छन् ती सडक विभागले सुधार गरेको समेत दाबी गरे ।
उनले भने, ‘महानगरले दुई चारवटा गमला राखेर प्रशंसा पायो। त्यसैले महानगर क्षेत्रमा सडक विभाग अन्तर्गतको सडकमा सवि लेख्न बाध्य भयौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण