काठमाडौँ । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज’ तमु ल्होसार’ मनाउँदै छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरुपमा मनाउने गर्छन् ।
_O6XbHh5BRI.jpg)
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किंवदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
_3elJH2LNlL.jpg)
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
_b5eQ9zYC0X.jpg)
यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको छ ।
_1TYVcLEQ09.jpg)
_I3j3o6rr3a.jpg)
_05IPILThxz.jpg)
_Uqu8wYwsvu.jpg)
_bxd7oIhbjX.jpg)
_nEgqq1hE1Y.jpg)
_RRPVtZwio3.jpg)
_OjuCjzW7Fc.jpg)
_Q1r00NvgSN.jpg)
_exJPRFIGZm.jpg)
_d2yg20SJNw.jpg)
_Ij3BeSjHvY.jpg)
_Vyzl7jCocZ.jpg)
_hsZ90PljGg.jpg)
_ID0dhZxceC.jpg)
_cIXsNU0iZj.jpg)
_xG4fZAhySm.jpg)
_PPFFTsR89t.jpg)
प्रतिक्रिया