ग्लोबल आइएमई बैंकको १८ औँ वार्षिकोत्सव : सातै प्रदेशमा वृहत् प्रभातफेरी कार्यक्रम
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ्ग सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्य मुख्य शहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेको हो ।
यही पौष १८ गतेदेखि ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १८औं वर्ष पुरा भई १९ औँ वर्षमा प्रवेश गर्दैछ । काठमाडौँमा आयोजित प्रभात फेरिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्यहरु, बैंक उच्च व्यवस्थापनसहित १५ सयभन्दा बढी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
वित्तीय साक्षरता तथा बैंकिङ्ग शिक्षामूलक प्लाकार्ड तथा व्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीहरुले काठमाडौँको कान्तिपथस्थित शाखा कार्यालयबाट हिँड्दै शहरको मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौँ उपत्यका बाहिर मुख्यमुख्य शहरहरु परिक्रमा गरेका थिए ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरुमार्फत आम जनमानसलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरक फरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
-
१० बजे १० समाचार : सार्वजनिक बिदा पुनरवलोकन गरिने, बजेट कार्यान्वयनबारे ३७ बुँदे मार्गदर्शन
-
झापाबाट हराएका ६५३ जना एक वर्षमा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण