म्यान्चेस्टर युनाइटेडको ऐतिहासिक बेइज्जत, १९६२ पछि ओल्ड ट्राफोर्डमा लगातार तेस्रो हार
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले फेरि खराब लय पक्डिएको छ । सोमबार राती भएको खेलमा म्यानयु घरेलु मैदानमै न्यूक्यासल युनाइटेडसँग २-० ले हारेको हो । गएको शुक्रबार राती भएको खेलमा समेत म्यानयु वुल्भ्सँग २-० ले नै हारेको थियो ।
न्यूक्यासलले १९७२ पछि ओल्ड ट्राफोडमा म्यान्चेस्टर युनाइटेडलाई दोस्रो पटक हराएको छ । म्यानयुले ६० वर्षपछि पहिलो पटक सबै प्रतियोगितामा घरेलु मैदानमा लगातर तेस्रो हारको चोट सहनु परेको छ । १९६२/६३ को सिजनपछि म्यान्चेस्टर युनाइटेडले कुनै पनि प्रतियोगितामा घरेलु मैदान मै यसरी लगातार तेस्रो हार व्यहोरेको रेकर्ड थिएन ।
सोमबार राती म्यानयुलाई हराउन ओल्ड ट्राफोर्डमा न्यूक्यासलका इसाक र जोएलिंटनले गोल गरे । यो हारले म्यानयु अंक तालिकाको १४औं स्थानमा झरेको छ भने न्यूक्यासल झण्डै च्याम्पियन्स लिग जोन नजिक पाँचौ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण