३३ अंकले घट्यो नेप्से, परिसूचक २५७६ बिन्दुमा

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार ३३ अंकले घटेको छ । २६१३ बिन्दुमा सुरु भएको बजार लगातार घटेर २५७६ बिन्दुमा ओर्लिएको हो ।
मंगलबार कारोबार बन्द हुने अन्तिम आधा घण्टामा भने परिसूचक १९ अंकले उक्लियो ।
मंगलबार कुल २१३ कम्पनीको मूल्य घटेको छ । २८ कम्पनीको मूल्य सामान्य अंकले मात्रै बढेको छ । तीन कम्पनीको मूल्य भने स्थिर रह्यो । मंगलबार ३०८ वटा कम्पनीको १ करोड ३१ लाख ७४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । जसबाट ५ अर्ब ६७ करोड ४६ लाख मूल्यको सेयर कारोबार भयो ।
मंगलबार सपोर्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स र पोखरा फाइनान्स लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो ।
मंगलबार फाइनान्स समूहको मूल्य ५.१९ प्रतिशतले घटेको छ । त्यस्तै नारायणी विकास बैंक, गुह्येश्वरी मर्चेन्ट र बोटलर्स नेपाल तराईको मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा बढ्दो तनावका कारण अस्ट्रेलियाले तेहरानस्थित दूतावास बन्द गर्यो
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
-
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
-
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै
-
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै