३३ अंकले घट्यो नेप्से, परिसूचक २५७६ बिन्दुमा
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार ३३ अंकले घटेको छ । २६१३ बिन्दुमा सुरु भएको बजार लगातार घटेर २५७६ बिन्दुमा ओर्लिएको हो ।
मंगलबार कारोबार बन्द हुने अन्तिम आधा घण्टामा भने परिसूचक १९ अंकले उक्लियो ।
मंगलबार कुल २१३ कम्पनीको मूल्य घटेको छ । २८ कम्पनीको मूल्य सामान्य अंकले मात्रै बढेको छ । तीन कम्पनीको मूल्य भने स्थिर रह्यो । मंगलबार ३०८ वटा कम्पनीको १ करोड ३१ लाख ७४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । जसबाट ५ अर्ब ६७ करोड ४६ लाख मूल्यको सेयर कारोबार भयो ।
मंगलबार सपोर्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स र पोखरा फाइनान्स लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो ।
मंगलबार फाइनान्स समूहको मूल्य ५.१९ प्रतिशतले घटेको छ । त्यस्तै नारायणी विकास बैंक, गुह्येश्वरी मर्चेन्ट र बोटलर्स नेपाल तराईको मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण