संविधान संशोधनका लागि मधेसी शक्तिलाई एक हुन सुझाव
काठमाडौँ । दुई ठुला दलले संविधान संशोधनका लागि गरिरहेको गृहकार्यमा मधेस शक्ति केन्द्रले चासो लिनुपर्ने सरोकारवालाहरूले सुझाव दिनुपर्ने सुझाव दिएका छन् । मधेस एकता समाजले आयोजना गरेको मधेसी शक्ति आवश्यकता, सहकार्य र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले संविधान संशोधनका लागि मधेसी शक्तिलाई एक हुन सुझाव दिएका हुन् ।
मधेस मामिलाका जानकार तुलानारायण साहले दुई ठुला दल संविधान संशोधनकै लागि एकीकृत भएको बताउँदै निर्वाचन प्रणालीमा संशोधन हुन लागेको बताए । निर्वाचन प्रणाली संशोधन गरेर समानुपातिक प्रणाली समाप्त गर्न लागेको तथा थ्रेसहोल्ड लगाएर मधेसी दललाई समाप्त गर्ने षड्यन्त्र भइरहेकाले त्यसको विरुद्धमा मधेसवादी दलहरू एक हुनुपर्नेमा उनले जोड दिए ।
उनले नेपाली कांग्रेस र नेकपा एमाले एक हुनसक्छन् भने मधेसवादी दलहरू किन हुँदैन भन्दै मधेसवादी दलहरूलाई समाप्त गर्ने भइरहेको षड्यन्त्रलाई समाप्त गर्न एक हुनुपर्ने बताए ।
नेपालको राजनीति संविधान संशोधनको बाटोमा हिँडेको बताउँदै उनले मधेसी दललाई शक्तिमा रोक्न थ्रेसहोल्ड ल्याउने प्रयास भइरहेको बताए । थ्रेसहोल्ड बढायो भने कांग्रेस, एमाले र माओवादी मात्र रहने बताउँदै उनले यसमा मधेसवादी दलहरू सचेत रहनुपर्ने बाए ।
उनले संविधान संशोधन राजनीतिक सहमतिमा हुनुपर्ने कुरामा मधेसवादी शक्तिले जोड दिनुपर्ने सुझाव दिए ।
थारु राजनीतिका अगुवा सुरेन्द्र चौधरीले मधेसको सबैभन्दा ठुलो चुनौती मधेस केन्द्रित दलहरूका नेताहरू रहेको बताए । ठुला दलमा मधेसी नेताहरूलाई कमजोर गरेर त्यहाँबाट हटाए पछि मधेसमा ल्याएर डम्पिङ गर्ने गरेको उनले गुनासो गरे । उनले संविधान संशोधनका लागि सबै दलहरू एक हुनुपर्ने कुरामा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण