उपाधि विजेता पुलिस अन्तिम खेलमा एनआरटीसँग स्तब्ध
मङ्गलबार, १६ पुस २०८१, १६ : ४७
काठमाडौँ । ललित स्मृति एन्फा यू–१८ फुटबल प्रतियोगिताको अन्तिम खेलमा न्यु रोड टिम (एनआरटी) ले सफलता हात पारेको छ । एनआरटी क्लबले प्रतियोगिताको अन्तिम खेलमा मंगलबार नेपाल पुलिस क्लबलाई २–१ गोलले हराएको हो ।
जितसँगै एनआरटी क्लबले प्रतियोगितामा दोस्रो स्थान हासिल ग¥यो । प्रतियोगिताको उपाधि भने यसअघि नै नेपाल पुलिस क्लबले जित्ने पक्का भइसकेको थियो । पुलिस क्लबले २२ खेलबाट ४८ अंक जोड्यो ।
यसैगरी, अन्तिम खेलमा जित हात पार्दै दोस्रो भएको एनआरटी क्लबले २२ खेलबाट ४७ अंक बटुल्यो । प्रतियोगितामा तेस्रो भएको संकटा क्लबले २२ खेलबाट ४५ अंक हात पा¥यो । संकटा क्लबले मंगलबार नै खेलिएको आफ्नो अन्तिम खेलमा एपीएफ क्लबलाई ३–१ गोलले हराएको थियो । थ्री स्टार क्लब चौथो भयो । थ्री स्टार क्लबले २२ खेलबाट ४३ अंक हात पा¥यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण