विदेश पठाउँछु भनेर २४ लाख ठगेको आरोपमा दुई जना पक्राउ
मङ्गलबार, १६ पुस २०८१, १७ : १९
काठमाडौँ । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको पनौती घर भएका ७१ वर्षीय गणेश बहादुर थापा र नवलपुर घर भएर काठमाडौँको टोखा बस्ने ४२ वर्षीया शान्ती भण्डारी छन् ।
थापाले सर्विया पठाउँछु भनेर एक जनासँग ६ लाख ५० हजार रुपैयाँ ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । भण्डारीले हंगेरी पठाउँछु भनेर दुई जनाबाट १७ लाख ५० हजार ठगेकी हुन् । उनीहरूलाई कारबाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गौँथली’ अमेरिकामा पनि प्रदर्शन हुने
-
पर्यटकीय सम्भावना बोकेको ‘राजाकोट’ ओझेलमा
-
इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याउने जुड बेलिङ्घमको असाधारण यात्रा
-
मेस्सीको असिस्टमा म्याक एलिस्टरको गोल, पहिलो हाफमा अर्जेन्टिना १–० ले अघि
-
इरानद्वारा स्ट्रेट अफ हर्मुज बन्द, अमेरिकी सेनाद्वारा भीषण आक्रमण
-
गणेश नेपालीको परिवार र सरकारबिच दुई दिनदेखि लगातार छलफल, सहमति नजुट्दा हुन सकेन पोस्टमार्टम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण