भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाएर लगानी आकर्षित गर्न नयाँ भन्सार ऐन ल्याइएको हो : मन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुरानो भन्सार ऐनलाई प्रविधिमैत्री र लगानी आकर्षित बनाउन धेरै संशोधन गर्नुपरेकाले सरकारले नयाँ भन्सार ऐन ल्याउनुपरेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा भएको सैद्धान्तिक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री पौडेलले वर्तमान भन्सार ऐनलाई प्रविधिमैत्री र लगानी आकर्षित बनाउन विगतको ऐन धरै संशोधन गर्नुपर्ने भएकाले नयाँ भन्सार ऐन आवश्यक महसुस गरिएको उल्लेख गरे । उनले भन्सार महसुल सम्बन्धमा छुट्टै भन्सार ऐन, २०८१ पारित भएर कार्यान्वयनमा आएको बताए । उनले भन्सार महसुल सम्बन्धमा छुट्टै भन्सार ऐन, २०८१ मा ऐनमा व्यवस्था भएर दोहोरो रूपमा रहेका कतिपय दफाहरू झिक्ने वा परिमार्जन गर्नुपर्ने आवश्यकताहरू रहेको बताए ।
अर्थमन्त्री पौडेलले नयाँ भन्सार विधेयक समग्र भन्सार प्रणालीलाई प्रविधिमैत्री र लगानी आकर्षित गर्ने किसिमले अगाडि सारिएको बताए । उनले नयाँ भन्सार ऐन आएसँगै भन्सार प्रणाली व्यवस्थित बन्ने विश्वास रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् अवरूद्धपछि प्राधिकरणका निर्देशक शाक्यद्धारा निरीक्षण
-
सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर झण्डै ६ लाख घुससहित नियन्त्रणमा
-
काभ्रेका किसानहरूले कृषिमन्त्रीलाई भने - रासायनिक मल उपलब्ध गराइदिनुस्
-
सगरमाथा संवादमा सहभागी हुन काठमाडौँ आइपुगे भारतीय वातावरण मन्त्री
-
विद्युत् अवरूद्धपछि अन्धकार काठमाडौँ (तस्बिरहरू)
-
घट्यो पेट्रोलियम पदार्थको मूल्य