सेवानिवृत्त भएका उच्च प्रहरी अधिकृतहरूको बिदाइ
काठमाडौँ । उपत्यका प्रहरी कार्यालयकी प्रमुख (एआईजी) किरण बज्राचार्यसहितका उच्च प्रहरी अधिृकतहरु अवकाशमा गएका छन् । बज्राचार्यसहित ६ जना उच्च प्रहरी अधिकृतहरूलाई मंगलबार आईजीपी वसन्त कुँवरले बिदाइ गरे ।
अतिरिक्त महानिरीक्षकहरू किरण बज्राचार्य, भिम प्रसाद ढकाल, केदार ढकाल र भरत बहादुर बोहरा तथा प्रहरी नायव महानिरीक्षकहरू विकास राज खनाल र डा.देउती गुरुङलाई आईजीपी कुँवरले बिदाइ गरेका हुन् ।
बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले संगठनले सुम्पिएको हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेको भन्दै प्रशंसा गरेका छन् । अनिवार्य अवकाशमा गएका उच्च प्रहरी अधिकृतहरूलाई कुँवरले आयाको चिनो प्रदान गरे ।
डीआईजी विकास राज खनाल २०८१ वैशाख ७ मा अवकाशमा गएका थिए । तर, बिदाइ कार्यक्रम अन्य उच्च अधिकृतहरूसँगै गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नेपाल प्रहरीको केनाईन कार्यालयको प्रमुख प्राविधिक प्रहरी नायव महानिरीक्षक (डीआईजी) डा. देउती गुरुङ पुस १५ बाट अवकाशमा गएकी हुन् । उनी २०५१ पुस १५ मा प्रहरी सेवामा प्रवेश गरेकी थिइन् । उनको अवकाशसँगै केनाईन कार्यालयको प्रमुखको रूपमा डीआईजीको दरबन्दी पनि खारेज भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
-
पहाडी क्षेत्रका स-साना खोलामा आकस्मिक बाढीको सम्भावना
-
पोखरामा ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ७७३ सवारी साधन कारबाहीमा
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुग्ला ?
-
७ लाख ५० हजार घुससहित सिँचाइ कार्यालय सर्लाहीका डिभिजन प्रमुख र अधिकृत पक्राउ
-
शाे बढाउँदै चलचित्र ‘गौँथली’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण