परम्परागत खाना बनाउने समूहलाई तालिम प्रदान गर्न उपप्रमुख डंगोलको निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले परम्परागत र मौलिक खानाका उत्पादकहरूलाई व्यावसायिकता, गुणस्तर र स्वच्छता सम्बन्धी तालिम प्रदान गर्न कृषि तथा पशुपन्छी विभागलाई निर्देशन दिएकी छन् । आज महानगरपालिकाका खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका विज्ञ सल्लाहकार जीवनप्रभा लामा, कार्यक्रमका सल्लाहकार सन्तोष गिरी र विभागका प्रमुख नुरनिधि न्यौपानेसँग अनुगमन प्रणाली अद्यावधिक गर्ने, आधारभूत खाद्य जाँचका लागि महानगरपालिका आफैँले प्रयोगशाला निर्माण गर्ने, खाद्य सुरक्षाका लागि दिइने तालिमको प्रक्रिया र पाठ्यक्रम तर्जुमा गर्नेलगायत विषयमा कुरा गर्दै उनले मौलिक खानाको व्यावसायिक प्रवर्धनका लागि तालिम दिनुपर्ने बताएकी हुन् ।
‘जात्रा, पर्व, संस्कार, संस्कृति तथा मौसम र कामअनुसार खानाका प्रकृति फरक फरक छन् । समयवजी, यमरी, ग्वारमरी, लखामरी, चटामरी, जेरीस्वारी जस्ता कलात्मक र पौष्टिक खाना बनाउने सिप भएका महिलाहरुलाई व्यावसायिक ज्ञान दिन सकियो भने हातमा भएको खाना बनाउने सिप आयआर्जन गर्ने पेशा बन्न सक्छ,’ उनले भनिन्, ‘व्यावसायिक उत्पादन नभएका तर जनजिव्रोमा परिचित स्वादका कारण व्यावसायिक बस्तुका रुपमा उत्पादन गर्न सकिने बस्तुलाई प्रवर्धन गराउनुपर्छ । यसका लागि माः पुचःहरुले आफ्नै प्रयासमा काम गरिरहेका छन् । यस्तै बुहारी, छोरीहरूका पनि आफ्नै समूह छन् । यस्तै मेला तथा भेलाहरुमा परम्परागत खाद्य सेवा प्रदान गर्ने समूह छन् । यस्ता स्थानीय समूहलाई व्यावसायिक सिप प्रदान गर्नुपर्छ ।’
छलफलमा विज्ञ सल्लाहकार लामा र सल्लाहकार गिरीले, स्वचालित प्रणालीबाट गुणस्तर नियमन र व्यावसायिक प्रवर्धनमा नतिजा हासिल गर्न सकिने धारणा राखे ।
विभागका प्रमुख न्यौपानेका अनुसार खाद्य पदार्थको गुणस्तर मापन सम्बन्धी आधारभूत पक्ष हेर्ने क्षमता भएको प्रयोगशाला निर्माण सम्पन्नताको चरणमा पुगेको बताए ।
छलफलमा एग्रो पुलिङ् कार्यक्रम कार्यान्वयनमा योजना, बजार अनुगमनको प्रक्रिया, यसबाट प्राप्त भएका नतिजा तथा सुधारका पक्ष, अन्तर विभाग सञ्चार तथा समन्वयात्मक कार्यक्रमका बारेमा कुराकानी भएको थियो ।
महानगरपालिकाले स्वच्छ खाद्य सेवाका लागि व्यवसायीहरूलाई क्षमता विकास तालिम प्रदान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण