एक्समा एलन मस्कले फेरे आफ्नो नाम
बुधबार, १७ पुस २०८१, ११ : २७

वासिङ्टन डिसी । अमेरिकी खर्बपति व्यापारी तथा नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पको बाहिरी सल्लाहकार एलन मस्कले आफ्नो नाम फेरेका छन् । माइक्रो ब्लगिङ वेबसाइट एक्समा मस्कले आफ्नो नाम फेरेर केकिउस म्याक्सिमस राखेका छन् ।
एक्सको प्रोफाइलमा नयाँ फोटो र नाम राखेको बारे उनले कुनै पनि स्पष्टीकरण दिएका छैनन् । प्रोफाइलमा उनले कमिक पात्र पेपे द फ्रगको तस्बिर राखेका छन् । यो तस्बिरलाई अति दक्षिणपन्थी समूहले मेमेको रूपमा प्रयोग गर्दै आएका छन् ।
मस्कको यो कदमले क्रिप्टोसंसारमा हलचल उत्पन्न गराएको छ । मेमेक्वाइनको भाउ आकाशिएको छ । विगतमा पनि मस्कको हरेक कदमले क्रिप्टोकरेन्सीको भाउ प्रभावित बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्योति भण्डारीविरुद्ध नागरिकता र पासपोर्ट किर्ते कसुरमा पनि अनुसन्धान
-
पोखराका ७४ प्रतिशत योजना ५ लाख मुनिका, ३ सय योजनाको कामै भएन
-
रास्वपाको पलेँटी र राप्रपाको बहिस्कार : माओवादी र एकीकृत समाजवादीले मागे निजामती विधेयक
-
२०६४ साल यताका १४ जना गृहमन्त्रीमाथि छानबिन हुनुपर्छ : प्रमुख सचेतक शाही
-
रास्वपाले कांग्रेसका वडाध्यक्षले आफ्नो नेतालाई कुटेको विषय संसदमा उठायो
-
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस