यस्तो छ ‘एक्टर’को रोमान्टिक गीत ‘घर त तिम्रो काठमाडौँ...’
बुधबार, १७ पुस २०८१, ११ : ३०
काठमाडौँ । ‘एक्टर’ आगामी ४ माघबाट देशभर प्रदर्शनमा आउने फिल्मको हो । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा दोस्रो रोमान्टिक गीत ‘घर त तिम्रो काठमाडौँ, मेरो पोखरा’ सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गीतमा प्रिन्स थापा र शिवानी गिरीको अभिनय छ ।
रामचन्द्र काफ्ले र रश्मि उपाध्यायको स्वर रहेको गीतमा संगीत सम्राट थापाले दिएका छन् । प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन कथावस्तु रहेको फिल्मका निर्माता मनोहरी थापा हुन् ।
फिल्ममा प्रिन्स थापा, शिवानी गिरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, महेन्द्र मैनाली, शिबु शाह, निशा केसी भण्डारी लगायतका कलाकारको अभिनय छ ।
मदन घिमिरेको निर्देशन रहेको फिल्म नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण