प्रदेश लिग फुटबल : सिन्धुलीलाई हराउँदै दोलखा फाइनलमा प्रवेश
मकवानपुर । बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा सिन्धुलीलाई हराउँदै दोलखा फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनल खेलमा दोलखाको टाइगर टिम तिखातालले सिन्धुलीको ब्लु अल्पाइन क्लबलाई पराजित गरेको हो ।
हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सञ्चालन भइरहेको दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गतको पहिलो सेमिफाइनल खेलमा दोलखाले २–१ गोल अन्तरले सिन्धुलीलाई पराजित गरेको हो । खेलको पहिलो हाफको ३१ औँ मिनेटमा दोलखाका लागि मिलन श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
खेलको दोस्रो हाफको ५६ औँ मिनेटमा सिन्धुलीको तर्फबाट सञ्जीव धामीले गोल फर्काउँदै खेललाई १÷१ गोलको बराबरीको स्थितिमा पुर्याएका थिए । बराबरको स्थितिमा पुगेको सिन्धुली खेलको ६४ औँ मिनेटमा पुनः पछि पर्यो । दोलखाको तर्फबाट सम्भुजन श्रेष्ठले गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच दोलखाका उत्तम खत्री घोषित भए । उनले ३ हजार रुपैयाँको नगद पुरस्कार तथा ट्रफी प्राप्त गरेका छन् । प्रतियोगिता अन्तर्गत भोलि बिहीबार सेमिफाइनल चरणको अन्तिम खेल हुनेछ । सो खेलमा ललितपुर फुटबल क्लब र काठमाडौँको चित्लाङ फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता अन्तर्गत शनिबार फाइनल खेल हुनेछ । प्रतियोगितामा ११ जिल्लाको लिग विजेता टिमहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरूका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण