नेकपा (बहुमत)का दाङ सेक्रेटरी खड्का पक्राउ
बुटवल । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दाङ जिल्ला सेक्रेटरी अमर खड्का (नवीन) लाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका खड्कालाई आज सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।
रोल्पाबाट दाङको घोराहीतर्फ आउँदै गरेका खड्कालाई घोराही उपमहानगरपालिका वडा नम्बर १९ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाका अनुसार असोज २९ गते नेकपा एमाले दाङका सल्लाहकार सदस्य घोराही उपमहानगर १४ लखन पार्कनजिकै बस्ने दुर्गा पन्थमाथि उनको समूहले कालोमोसो दलेको आरोप छ । मिटर ब्याजीको आरोपमा मङ्सिर ६ गते घोराही उपमहानगर १५ बिपी चोकनजिकै ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी ५७ वर्षीय श्रीमती माधवा बस्नेतमाथि खड्का नेतृत्वको समूहले दुर्व्यवहार गरेको प्रहरीले आरोप रहेको छ ।
ती घटनाको खड्काले जिम्मा लिएका थिए। सोही आधार पक्राउ गरेको एपसी तिमिल्सिनाले रातोपाटीलाई बताए । उनले अहिलेसम्म पीडितबाट जाहेरी नआएकोले सार्वजनिक अपराधको मुद्दामा चलाउने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता बनायो
-
मधेस प्रदेश सभा बैठक बस्दै , बजेट पारित गराउने अन्तिम प्रयास
-
सेमीफाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबिच प्रतिस्पर्धा सुरु
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
सेमिफाइनल यात्राका लागि साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै
-
देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण