काठमाडौँ र ललितपुरमा एकै दिन तीन जना मृत फेला
_GpS4dt61lm.jpg)
काठमाडौँ । काठमाडौँ र ललितपुर जिल्लामा एकै दिन ३ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँको तारकेश्वर नगरपालिका-१० मनमैजु डेरा गरी बस्ने सिराहा बरियारपट्टी गाउँपालिका-२ घर भएका ५० वर्षीय किशन कुमार राय आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी काठमाडौँ महानगरपालिका-३२ कोटेश्वरस्थित मुनिभैरव मन्दिर नजिकै खाल्डोमा हाल नाम, थर, वतन नखुलेका करिब २८ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै ललितपुरको गोदावरी नगरपालिका-१० टाखेल बस्ने ५२ वर्षीय जितु पण्डित आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
उता बाजुराको बडिमालिका नगरपालिका-८ कोट बस्ने ५५ वर्षीय सूर्य थापा सोही नगरपालिका-८ राप्कास्थित साँफे मार्तडी सडक खण्डको नालीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै मोरङको जहदा गाउँपालिका-४ सिसौबारी टोलस्थित सडकको नालीमा रंगेली नगरपालिका-२ बबियाबिर्ता बस्ने ३२ वर्षीय महेश हस्दा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले अर्घाखाँचीको विमानस्थल निर्माण अधुरो
-
स्वेच्छाले अमेरिका छाड्ने अवैध आप्रवासीलाई हजार डलर दिँदै छन् ट्रम्प
-
विराट कोहलीलाई ‘जोकर’ र उनका समर्थकलाई ‘महाजोकर’ भनेपछि गायक राहुल विवादमा
-
हमास हमलाको जाँच गर्न इजरायली क्याबिनटले गर्यो अस्वीकार
-
पोखरामा श्रीमतीको हत्या गरेर बरालले गरे आत्महत्या
-
श्रीलङ्कामा स्थानीय निर्वाचनका लागि सुरु भयो मतदान