काठमाडौँ र ललितपुरमा एकै दिन तीन जना मृत फेला
काठमाडौँ । काठमाडौँ र ललितपुर जिल्लामा एकै दिन ३ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँको तारकेश्वर नगरपालिका-१० मनमैजु डेरा गरी बस्ने सिराहा बरियारपट्टी गाउँपालिका-२ घर भएका ५० वर्षीय किशन कुमार राय आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी काठमाडौँ महानगरपालिका-३२ कोटेश्वरस्थित मुनिभैरव मन्दिर नजिकै खाल्डोमा हाल नाम, थर, वतन नखुलेका करिब २८ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै ललितपुरको गोदावरी नगरपालिका-१० टाखेल बस्ने ५२ वर्षीय जितु पण्डित आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
उता बाजुराको बडिमालिका नगरपालिका-८ कोट बस्ने ५५ वर्षीय सूर्य थापा सोही नगरपालिका-८ राप्कास्थित साँफे मार्तडी सडक खण्डको नालीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै मोरङको जहदा गाउँपालिका-४ सिसौबारी टोलस्थित सडकको नालीमा रंगेली नगरपालिका-२ बबियाबिर्ता बस्ने ३२ वर्षीय महेश हस्दा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण