स्थायी समिति बैठकमा प्रचण्डको ब्रिफिङ– ओली सरकारको आयु धेरै छैन
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित गठबन्धन सरकारको आयु धेरै लामो नभएको ब्रिफिङ गरेका छन् ।
बिहीबार केन्द्रीय कार्यालय पेसिसडाँडामा बसेको स्थायी समिति बैठकमा उनले ओली सरकारको आयुबारे ब्रिफिङ गरेका हुन् । आइतबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकको एजेन्डा प्रस्तुत गर्ने क्रममा उनले भने, ‘केपी ओली सरकारको आयु धेरै छैन । यो सरकार अन्तर्राष्ट्रियमा पनि अनुदार देखियो ।’
प्रचण्डले अगाडि भने, ‘राष्ट्रिय समस्या समस्या समाधान गर्न समेत ओली सरकार पूर्ण असफल देखियो । जनताको सरकार नभई भ्रष्टाचारी, बिचौलिया, माफियाको सरकार बनेकाले अलोकप्रिय बन्दै गएको छ । एमालेभित्र र कांग्रेसभित्र चुलिएको असन्तुष्टिका कारण पनि अब ओली सरकार धेरै पर जाँदैन । यस्तो अवस्थामा हामी सरकारमा जाँदैनौँ । अभियान लिएर जनताको बिचमा जान्छौँ ।’
बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले पनि ओली सरकार धेरै नटिक्ने बताए । पार्टीभित्रकै फरक आवाजलाई बन्द गर्ने, भ्रष्टाचारी, बिचौलिया, माफियाका संरक्षणका लागि कांग्रेस र एमालेको सरकार बनेको आरोप लगाए ।
यस्तै बैठकमा केन्द्रीय समितिमा पेस हुने ‘पार्टी रूपान्तरण पुनर्निर्माणको सङ्कल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक दस्ताबेजबारे बैठकलाई जानकारी गराइएको सापकोटाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
युक्रेन युद्धमा हताहतको संख्या २० लाख नाघ्यो
-
विमानस्थलबाट अमेरिका तस्करी हुन लागेको गहना सक्कली सुनचाँदीकै रहेको पुष्टि
-
सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ
-
पेटमा क्यान्सर हुनुभन्दा अघि देखिन्छ यी ५ लक्षण
-
२५ करोड प्रकरण : केन्द्रीय कारागारबाट भागेका कुसाङ लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण