अमेरिकामा विमान भवनमा ठोक्कियो
वासिङ्टन डिसी । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । यस्तै १८ जना घाइते भएका छन् ।
एउटा सानो विमान उडानको क्रममा भवनको छतमा ठोक्किएर दुर्घटनाग्रस्त बनेको समाचारमा उल्लेख छ ।
फुलर्टन प्रहरीका प्रवक्ता क्रिस्टी वेल्सका अनुसार यो घटना बिहीबार दिउँसो भएको हो । ओरेन्ज काउन्टीको फुलर्टन सहरमा दिउँसो २ः०९ बजे यो दुर्घटना भएको हो । झन्डै २ सय जना काम गरिरहेको एउटा फर्निचर बनाउने भवनको छतमा विमान ठोक्किएको थियो । घटनास्थलमा प्रहरी र दमकलले आगो नियन्त्रणमा लिएको वेल्सले बताएका छन् ।
मृतक र घाइतेहरू विमानका हुन् कि घरमा काम गरिरहेका हुन् अझै थाहा हुन सकेको छैन । एबीसीले सार्वजनिक गरेको एउटा भिडियो फुटेजमा भने ठुलो भवनको माथिबाट सेतो धुवाँ निस्किरहेको देखाएको छ । विमान फुलर्टन म्युनिसिपल एयरपोर्ट नजिकै दुर्घटना भएको हो । यस विमानस्थलमा एउटा धावनमार्ग र एउटा हेलिप्याड छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण