अमेरिकामा विमान भवनमा ठोक्कियो

वासिङ्टन डिसी । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । यस्तै १८ जना घाइते भएका छन् ।
एउटा सानो विमान उडानको क्रममा भवनको छतमा ठोक्किएर दुर्घटनाग्रस्त बनेको समाचारमा उल्लेख छ ।
फुलर्टन प्रहरीका प्रवक्ता क्रिस्टी वेल्सका अनुसार यो घटना बिहीबार दिउँसो भएको हो । ओरेन्ज काउन्टीको फुलर्टन सहरमा दिउँसो २ः०९ बजे यो दुर्घटना भएको हो । झन्डै २ सय जना काम गरिरहेको एउटा फर्निचर बनाउने भवनको छतमा विमान ठोक्किएको थियो । घटनास्थलमा प्रहरी र दमकलले आगो नियन्त्रणमा लिएको वेल्सले बताएका छन् ।
मृतक र घाइतेहरू विमानका हुन् कि घरमा काम गरिरहेका हुन् अझै थाहा हुन सकेको छैन । एबीसीले सार्वजनिक गरेको एउटा भिडियो फुटेजमा भने ठुलो भवनको माथिबाट सेतो धुवाँ निस्किरहेको देखाएको छ । विमान फुलर्टन म्युनिसिपल एयरपोर्ट नजिकै दुर्घटना भएको हो । यस विमानस्थलमा एउटा धावनमार्ग र एउटा हेलिप्याड छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने
-
मुख्यमन्त्री आचार्य र स्विस राजदूतबिच शिष्टाचार भेटवार्ता
-
दुई लाख घुस सहित कम्युटर अपरेटर राम लखन अख्तियारको नियन्त्रणमा
-
१० बजे, १० समाचार : छिमेकमै युद्धको खतरादेखि कामदार पठाउन सिन्डिकेटको प्रयाससम्म
-
नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै
-
भारत र पाकिस्तानलाई युद्ध रोक्न नागरिक समाजको अपिल