भक्तपुरमा दम्पती सवार स्कुटर दुर्घटना, श्रीमान्को मृत्यु
शुक्रबार, १९ पुस २०८१, ११ : ४३
काठमाडौँ । भक्तपुरमा दम्पती सवार स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मध्यपुर थिमी–२ मा सानोथिमीबाट मगरगाउँतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०२८ प ६६१० नम्बरको स्कुटर आफैँ अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातोपाटीलाई बताए ।
दुर्घटनामा परेका सानोथिमी बस्ने ३१ वर्षीय निश्चल प्रकाशराज भण्डारीको उपचारको क्रममा मृत्यु भएको छ । स्कुटर पछाडि सवारी उनकी पत्नी २८ वर्षीया पूजा श्रेष्ठको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । स्कुटर प्रहरी प्रभाग सानोथिमीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र निर्माणको अभियानमा सक्रिय सहभागिता जनाउन परराष्ट्रमन्त्रीको आग्रह
-
बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण
-
बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ
-
अगाडि कर छुट देखाएर पछाडिबाट सरकारले बढी कर असुल्यो : गगन थापा
-
पहिलो राजनीतिक दल कसरी भयो एमालेमा विलय ?
-
देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण